हत्यामा संलग्न देवरलाई जन्मकैद

हत्यामा संलग्न देवरलाई जन्मकैद
सांकेतिक तस्बिर।
सुन्नुहोस्

राजविराज : सप्तरीमा आगो लगाइ हत्या गर्ने देवरलाई जन्मकैदको सजाय भएको छ। बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा मृतकका देवर २१ वर्षीय परमेश्वर साहलाई जन्मकैदको सजाय भएको हो।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले साहलाई जन्मकैद सजायको फैसलाका साथै मृतकको सन्तानलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको सूचना अधिकारी भरतमणि पोखरेलले बताए। मृतककी आठ वर्षीय छोरा र दुई वर्षीय छोरी छन्।

अदालतले होस्टाइल भएका जाहेरवाला मृतकका श्रीमान् रबिनकुमार साहलाई समेत ५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरेको छ।

आरोपित साहले २०७८ माघ २१ गते बिहान पेट्रोल छर्केर आगो लगाउँदा राजकुमारीको ज्यान गएको थियो। बोतलमा खुल्ला पेट्रोल ल्याएका परमेश्वरले खाना पकाइरहेकी भाउजुको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा ०७८ माघ २२ गते राति विराटनगरमा मृत्यु भएको थियो। मृतकका श्रीमान साहले माघ २६ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए।

मृतकका बुवा बोदे बर्साइन नगरपालिका ६ का बद्री साहले माघ २३ गते नै इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए। पछि श्रीमानकै उजुरी परेपछि इलाका प्रहरी कार्यालय कडरबोनाले माघ २६ गते उजुरी दर्ता गरेको थियो।

घटनापछि फरार रहेका देवर पछि घरमै आएर बसेको अवस्थामा ०७९ जेठ १५ गते पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशमा उनी गत असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.