नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै ओहदाको भएपनि कारबाही होस् : गगन थापा

नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै ओहदाको भएपनि कारबाही होस् : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन्। 

महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भीआईपी जालो उजागार हुँदै गएको भन्दै घटनाबारे गहिरो अनुसन्धान हुनुपर्ने बताएका हुन्।

उनले यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भन्द यो  घटना नभइ प्रवत्ती भएको बताएका छन्। नेता थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा 'ठगि  गिरोहको भिआइपी जालो'उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानुनभन्दा माथि कोही हुँदैन।'

नक्‍कली भुटानी शरणार्थी प्रकरणमा  अहिलेसम्म ८ जना पक्राउ परिसेका छन्।  जसमध्ये तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे,प्रतिनिधिसभा सभा सदस्य टोपबहादुर रायमाझीका  छोरा सन्दीप पक्राउ परेका छन्। प्रहरीले आजै रायमाझीका छोरालाई पक्राउ गरेको हो।

यस्तै इन्द्रजित राईका छोराविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर ,उनी फरार छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा राईका बाबु छोरा र रायमाझीका बाबु छोराको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

सोही घटनामा रायमाझीका सहयोगी सानु भण्डारी , कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलाल,सागर थुलुङ,टंक गुरुङ,सागर राई र सन्देश शर्मा पोख्रेल पक्राउ परिसकेका छन् । संगठीत अपराधको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको भन्दै दुईजनाको उजुरी परिसरमा दर्ता भएको छ उजुरीका आधारमा उनीहरू प्रक्राउ परेका हुन्।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गरेको आरोप पक्राउ परेकामाथि छ। भुटानी शरणार्थी भन्दै नक्कली कागजात बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दामा हाई प्रोफाइल व्यक्तिको पनि संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.