नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीले लिए शपथ
सुन्नुहोस्

काठमाडौं : नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ,स्वास्थ्य  तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीनैजनालाई मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त तीनैजना मन्त्री नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.