इलामको पूर्णे डाँडामा झ्याम्टे  मेला

इलामको पूर्णे डाँडामा झ्याम्टे  मेला
ऐेतिहासिक खलङगा (पूर्णे डाँडाम) मा प्रत्येक वर्ष लाग्ने झ्याम्टे मेला। यो तस्बिर सन् १९६६ तिर Daniel N. Kucij ले खिचेका हुन् ।
सुन्नुहोस्

इलाम : राई संस्कृतिसँग जोडिएको झ्याम्टे मेला आज इलामको सूर्योदय नगरपालिका -११ को पूर्णे डाँडामा लाग्दैछ । प्रत्येक वैशाख पूर्णिमा र मंसिरे पूर्णिमा लाग्ने मेलामा स्थानीयको बाक्लो उपस्थिती रहने गर्दछ।

जतिबेला खलंगा पूर्णे डाँडामा बस्यो । त्यहाँ वडाहाकिम थिए । सुरक्षा दस्ता थिए । यस क्षेत्रमा राईहरूको सघन बसोबास थियो । मनोरञ्जनका लागि वडाहाकिमलाई विभिन्न जातको संस्कृति देखाउने क्रममा राई जातीको सांस्कृतिक साकेला नृत्य प्रदर्शन गर्ने क्रममा झ्याम्टासहित सहभागी हुने राईहरूको नृत्य धेरैले मन पराए । यसले झ्याम्टे मेलाको रुप लिएको स्थानीय दिपक अधिकारीको तर्क छ । 

अहिले पनि प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा र मंसिरे पूर्णिमाको दिन झ्याम्टे मेला लाग्ने गरेको छ । स्थानीय वृद्धा कमलबहादुर राईका अनुसार जुन समय मान्छेसँग रमाईलोका साधन थिएनन् । जमघट हुने बहानाहरू थिएनन् । त्यसबेला पर्व, मेला नै रमाइलो गर्ने स्थलहररू हुने गर्दथे । भेटघाट हुने,कुराकानी हुने ठाउँको रुपमा मेला पर्वहरूको आयोजना हुने गरेका थिए । पछिल्लो समय तिनै मेलाहरू जाती विशेषको पहिचानको आधार समेत बन्ने गरेका छन् । 

झ्याम्टे मेला खलंगाको आसपासमा फैलिएको करिब १३ रोपनी जमिनमा लाग्ने गर्दछ । राई भन्छन्, ‘हाम्रो हजुरबा पुस्ताले पनि झ्याम्टे मेलाको चर्चा गर्नु हुन्थ्यो ।’ खलङ्ंगाको जन्मसँगै मेलाको उत्पति जोडिएको स्थानीयको दावी छ । 

null

मेलामा साकेला नाच्ने चलन अहिले पनि छ । राईका अनुसार पहिले साकेला नाचबाटै मन परेकी तरुनी तानेर लैजाने र श्रीमती बनाउने चलन नै थियो ।  राई संस्कृतिसँग जोडिएको पूर्णे डाँडाको मेला माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वपछि रोकिएको थियो । 

करिब २५ वर्षसम्म त्यस स्थानमा मेला लाग्न सकेन । पछिल्लो समय स्थानीयको पहलमा गत वर्षदेखि मेला सुरु गरेको स्थानीय युवा अनुप मेवाहाङ राई बताउँछन् । पूर्णे डाँडाको संरक्षण र प्रचारमा प्रयास गरिरहेका मेवाहाङले झ्याम्टे मेला र खलंगाबारे धेरैकुरा थाहा नभए पनि स्थानीय युवाहरू राई संस्कृति संरक्षणसँगै ऐतिहासिक सम्पदा संरक्षणमा प्रयास गरिरहेको बताउँछन् । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको चारआलीबाट मेची राजमार्गमा ४६ किलोमिटरको दूरी पार गरेपछि मेची राजमार्गको करफोक खण्डमा आइपुगिन्छ । त्यसकै आडमा पर्छ ऐतिहासिक खलंगा अथवा पुर्णे डाँडा । 

लाप्चा, लिम्बू, राई, तामाङ, गुरूङ, शेर्पा, क्षेत्री, ब्राह्मण, नेवार आदि सम्प्रदायका मानिसको यहाँ बसोबास रहेको छ । धान नाच,च्याव्रुङ,चण्डी नाच, मारुनी नाच, बालन, सगिँनी, डम्फु नाच आदि यहाँका जातीय सांस्कृतिक परम्परा हुन् । 

लेखक केदार शर्मा आफ्नो लेखमा उल्लेख गर्छन्,‘फिक्कलबाट इलामबजारतिर लाग्दा चार किलोमिटर पूर्वमा करफोक विद्या मन्दिर माध्यमिक विद्यालय र पञ्चकन्या देवीको मन्दिर छ । वि.सं.२००९ मा करफोक विद्या मन्दिरमा भएको कविशिरोमणि लेखनाथ पौड्याल,महाकवि देवकोटा र स्वनामधन्य बालकृष्ण सम उपस्थित राष्ट्रिय कविगोष्ठीलाई इलामले नै प्रतिष्ठाको विषय मान्ने गरेको छ । यहाँ मास्तिरको पूर्णेडाँडामा वि.सं.१८७२ मा सुगौलीको संघी पछिका तीन वर्षसम्म खलङ्गा रहेको थियो भनिन्छ । 

nullइलाममा सामरिकरुपमा समेत सुरक्षाका लागि प्रशासनिक अड्डा राख्ने थलोको खोजी हुँदै थियो । १३ सय मिटरको उचाईमा  रहेको सामरिक दृष्टिले समेत सहज देखिने पुर्णे डाँडामा पहिलो पटक प्रशासनिक अड्डा राख्ने व्यवस्था भयो । सुगौलीको सन्धिपछि वि. स १८७५ मा इलामको सुर्योदय नगरपालिकाको करफोकबाट नामसालिङहुँदै अहिलेको स्थानमा सदरमुकाम सारीनु दुई वर्ष अघिको प्रशासनिक अड्डा हो पूर्णे डाँडा । 

प्रशासनिक अड्डाका इँटालगायतका भग्नाबसेसहरू अहिले पनि त्यहाँ पाइन्छन् । अड्डाका कलात्मक ढोकाहरू अहिले पनि गाउँघरमा पाइने गरेको स्थानीय दिपक अधिकारी बताउँछन् । ई.स १८१६ अघि सिक्किम–दार्जिलिङ गोर्खा राज्य छँदा यस जिल्लाको सदरमुकाम दार्जिलिङ जिल्लाको नागरी भन्ने ठाउँमा थियो । 

सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धीले नेपालको सिमाना मेची तोकेपछि त्यस बेलाका बडा हाकिम काजी जयन्त खत्रीले सदरमुकाम करफोकको पूर्णे डाँडामा सारेको अनुसन्धानकर्ता नरेन्द्रनाथ बाँस्तोलाले पूर्वाञ्चलमा सात सालको क्रान्ति नामक पुस्तकमा उल्लेख गरेका छन् । 

त्यसबेला तमोरनदी पूर्व लिम्बूवान करफोकबाट हेरिन्यो । तमोर पश्चिमको शासन धनकुटाबाट हेर्ने गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.