विपद् प्रतिकार्य पूर्वतयारी अभ्यास

विपद् प्रतिकार्य पूर्वतयारी अभ्यास
सुन्नुहोस्

नुवाकोट : बर्खायाममा पानीबाट हुने विपद न्यूनीकरणका लागि नुवाकोटको त्रिशूलीमा विपद् प्रतिकार्य पूर्व तयारी अभ्यास गरिएको छ। 

नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली जलविद्युत् केन्द्रमा ल्याइएको पानीको बालुवा थिग्राउन बनाइएको शिलट्यांकीमा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास मनसुन–३ स्थलगत नमूना अभ्यास कार्यक्रम गरिएको हो। 

जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटले प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने योजनाअनुसार तयारी पारिएको उद्धारसम्बन्धी अभ्यास प्रदर्शन गरेको हो। 

पानीबाट आउने विपद् तथा यसको न्यूनीकरणका विषयमा स्थलगत अभ्यास गरिएको समितिका अध्यक्ष तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। 

उनका अनुसार जनप्रतिनिधि, सर्वसाधारण, सुरक्षाकर्मीहरूको सहभागितामा पानी जमाइएको जलविद्युत्को पोखरीमा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास प्रदर्शन गरिएको हो। 

प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने लक्ष्यका साथ पूर्वतयारीस्वरूप भौतिक रुपमा अभ्यास प्रदर्शन गरिएको प्रजिअ थापाले बताए।
मनसुनको समयमा बाढी, पहिरोलगायत विभिन्न प्रकारका सम्भावित प्राकृतिक विपत्तिहरूमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने उद्देश्यले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गुल्म १९ नुवाकोट, नेपाल रेडक्रस सोसाइटी, नुवाकोट जिल्ला अस्पतालको संयुक्त उद्धार समितिसमेत गठन गरिएको छ। सोही संयुक्त उद्धार समितिले पूर्वतयारी स्वरुरूप अभ्यास प्रदर्शन गरेको हो। 

संयुक्त उद्धार समितिले प्रदर्शन गरेको विपद पूर्वतयारीका कार्यक्रममको स्थलगत अभ्यासले सर्वसाधारणलाईसमेत सचेत रहन तथा उद्धारमा संलग्न हुनुपर्ने जानकारी प्राप्त भएको विपद् पूर्वतयारी अभ्यास कार्यक्रममा सहभागी विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए। उनले समय र मौसम अनुसार सर्वसाधारणलाई सचेत गराउन यस प्रकारका कार्यक्रम सञ्चालन गरिनु पर्ने बताए। 

डुबानमा परेका मानिसलाई उद्धार, राहत, प्राथमिक उपचार लगायतका प्रतिकार्य अभ्यासको प्रदर्शन प्रभावकारी रहेको बताएका छन्। यसले मानव तथा भौतिक सुरक्षामा मद्दत गर्ने जनाइएको छ। 

विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यासमा सिलट्यांकीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नदीमा पसेर घाइतेको उद्धार, उद्धार पछिका प्राथमिक उपचारलगायत कार्यको स्थलगत अभ्यास गरेका हुन्। 

पानी बाहिर निकाल्ने र घाइतेको मुखमा मुख जोडेर मुटु सक्रिय गराउने कार्यसमेत गरिएको छ। पानीमा डुवेकाहरूलाई सुरक्षित तवरले प्राथमिक उपचारपछि अस्पताल पुर्‍याउने अभ्यास गरिएको थियो। नदी, ताल र खोलामा डुबेका घाइतेको उद्धारका लागि सुविधायुक्त साधनस्रोत नभएको खण्डमा स्थानीय स्रोतसाधन प्लास्टिकका बोतल कम्मरमा बाँधेर, प्लास्टिकका ड्रमलाई किलाकाँटी ठोकेर पानीमा तैरिने बनाएर डुबेकाको उद्धार गर्न सकिने मनसुन अभ्यास गरिएको थियो। 

वर्षात्सँगै आएको बाढीले नदीमा फसेका, माछा मार्न जाँदा नदीमा डुब्दा, जलबिहारका क्रममा अचानक डुब्न गएमा उनीहरूको खोज तथा उद्धार गर्न उक्त मनसुन नमुना अभ्यासले सहयोग पुग्ने कार्यक्रममा पुगेकी बिदुर नपाकी उपमेयर प्रभा वोगटीको भनाइ छ। 

जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा भएको अभ्यासमा जिल्ला प्रशासन, जबरजंग गण देवीघाट व्यारेक, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल १९ नम्बर गुल्म, नुवाकोट जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटी नुवाकोटलगायत सरोकारवाला सहभागी थिए। 

विपद् पूर्वतयारी तथा प्रतिकार्य सिमुलेसन अभ्यास मनसुन ३ को सञ्चालन एक सातासम्म विभिन्न स्थानमा गरिएको छ। नुवाकोटमा त्रिशूली नदी, तादी र लिखु खोलामा वर्षात्मा अचानक आउने भेलले निम्त्याउने समस्या समाधान गरी नागरिकको जीवन रक्षा गर्न सकिने भएकाले पूर्वतयारी स्वरुप अभ्यास गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.