मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२ ढोडेनीमा गएराति मिनी ट्रक दुर्घटना हुँदा १ महिलाको घटनास्थलमै मृत्यु भएको छ। चार जना घाइते भएका छन्। 

मृत्यु हुनेमा सोही ठाउँकी ३० वर्षीया पेमा तामाङ रहेकी छिन्। २ जना घाइतेको उपचार धुलिखेल अस्पतालमा र २ जनाको उपचार मेलम्ची स्थित नगर अस्पतालमा भइरहेको छ। 

घाइतेमध्ये १ जनाको अवस्था भने गम्भीर रहेको छ। गणेशबगरबाट ढोडेनीतर्फ जाँदै गरेको बा ४ ख ५३८२ नम्बरको मिनी ट्रक गएराति सडकबाट करिब १० मिटर तल खसेको थियो। 

दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.