हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौंडा : निरन्तर घाटा व्यहोर्दै आएको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द भएको छ । क्लिङ्कर उत्पादनका लागि आगो बाल्ने भट्टीमा रहेको रोलर उपकरण बिग्रिएकाले बुधबारबाट सिमेन्ट उत्पादन कार्य पूर्णरुपमा बन्द भएको उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले जानकारी दिए । 

उपकरण मर्मत गर्न झण्डैं २० दिन लाग्ने उनले बताए  । ४० वर्ष पुरानो उपकरण जीर्ण अवस्थामा रहेको र बेलाबेलामा बिग्रिरहने भएकाले सिमेन्ट उत्पादनमा समस्या भएको पाण्डेले बताए । ‘४० वर्ष पुराना मेसिन बिग्रिएर जीर्ण भएका छन् ।

 प्राविधिक समस्याले गर्दा बेलाबेलामा उत्पादनमा अवरोध भइरहन्छ । 'अब नयाँ प्रविधि र नयाँ मेसिनहरू खरिद गरी ल्याएर जडान नगरेसम्म हेटौंडा सिमेन्ट उद्योगले निकै आर्थिक भार व्यहोर्नुपर्ने अवस्था छ,'पाण्डेले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.