आगोले जलेर मृत्यु भएका एकै गाउँका चारजनाको सामूहिक दाहसंस्कार

आगोले जलेर मृत्यु भएका एकै गाउँका चारजनाको सामूहिक दाहसंस्कार
आगलागीबाट मृत्यु भएकाको अन्तिम दाहसंस्कार गरिदै। तस्बिर : प्रेमनारायण आचार्य
सुन्नुहोस्

अर्घाखाँची :  आगोले जलेर  मृत्यु भएका  अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ढाकाबांगका चारजनाको सामूहिक दाहसंस्कार गरिएको छ । मृतक चारजनाको खाकाबेसीको बघमारे घाटमा सामूहिक दाहसंस्कार गरिएको भुमिकास्थान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल खनालले बताए।

भुमिकास्थान नगरपालिका-२ ढाकाबांगमा आगो निभाउने क्रममा घाइते भएका चारजनाको उपचारको क्रममा मृत्यु भएपछि सिंगो तिरतिरे शोकमा डुबेको छ। 

मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका -२ तिरतिरे गाउँमा  सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँ वेल्वासे टोलका चारैजनाको मृत्यु भएको थियो ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएकोमा उपचारको लागि लैजाँदै गर्दा केहीको बाटोमा र केहीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

आगोलागीमा परि घाइते भएका भुमिकास्थान -२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको  रामपुरमा,५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र  ५२ वर्षीय घनश्याम वेल्वासेको काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा र  ३६ वर्षीय माधव वेल्वासेको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।

आगोलागीमा परेर घाइते भएकी २६ वर्षीय अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।


 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.