प्लानिङ ब्वाइज युनाइटेडलाई भीमनारायण गोल्डकपको उपाधि

प्लानिङ ब्वाइज युनाइटेडलाई भीमनारायण गोल्डकपको उपाधि
सुन्नुहोस्

धनकुटा : १५औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ। 

धनकुटा सदरमुकामस्थित तल्लो टुंडिखेलमा बुधवाबार सम्पन्न फाइनल खेलमा वीरगञ्ज युनाइटेडलाई ४-० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेडले उपाधि जितेको हो।

उपाधिसँगै विजेताले नगद ५ लाख रुपैयाँ र ट्रफी हात पार्‍यो।  उपविजेता बनेको विरगञ्ज युनाइटेडले २ लाख ५० हजारसहित ट्रफीमा चित्त बझायो।

 
ब्वाइजको जितमा यो निपोलियनले दुई, समिर थापा र विशाल दर्जीले एक-एक गोल गरे। एक पक्षीय भएको खेलमा सहभागी भएको पहिलो पटकमा नै प्लानिङ ब्वाइजले उपाधि जित्न सफल भयो। 

खेलको ४४औं मिनेटमा प्लानिङ ब्वाइजका विदेशी खेलाडी नेपोलियनले गोल गर्दै सुरुवाती अग्रता दिलाए। उनले डिवक्स एरियाभित्र दाँया वार च्याप्दै सुन्दर गोल गरे। त्यस्तै खेलको ७२औं मिनेटमा प्लानिङका डिफेन्डर विशाल दर्जी गोल अग्रता दोब्बर बनाए। उनले गोल गरेको २ मिनेट नबित्दै ७३औं मिनेटमा समिर थापाले तेस्रो गोल गरे। त्यस्तै खेलको अन्त्यतिर ९०औं मिनेटमा प्लानिङका यो निपोलियनले पुनः एक गोल थप्दै जित सुनिश्चित गरे। 

फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अभिनास थापा मगर घोषित भए। उनले नगद ४ हजार रुपैयाँ हात पारे। त्यस्तै विजेता टिमका विशाल दर्जी उत्कृष्ट रक्षक, लोकेश चौधरी उत्कृष्ट गोलकिपर, यो निपोलियन उत्कृष्ट स्टाइकर र सचिन्द्र धिमाल उत्कृष्ट प्रशिक्षक घोषित भए। वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए। उनीहरूले जनही ७-७ हजार रुपैयाँ नगद र ट्रफी हात पारे। 

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डेडी वाम्वा घोषित भए। उनले नगद १५ हजार र ट्रफी प्राप्त गरे। विजेता टोलीका प्रशिक्षक सचिन्द्र धिमालले खेलको सुरुवाती समय देखि नै खेलाडीले मेहनत गरेको कारण उपाधी जित्न सफल भएको बताए। उनले विगतका संस्करणमा खेलाडीको रूपमा गोल्डकपको उपाधि जितेका थिए। प्रशिक्षकको रूपमा उपाधि जित्दा अविश्मरणीय क्षण बनेको उनले बताए। 

त्यस्तै अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष दावा लामाले भीमनारायण प्रतिष्ठानले एकेडेमी स्थापना गरेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। एएफसी सामाजिक उत्तरदायी समितिमा नेपालको तर्फबाट सदस्यसमेत रहेका उनले प्रतिष्ठानले प्रतियोगिता सँगै क्षमतावान् खेलाडी उत्पादन गर्न एकेडेमी सञ्चालन गरेको खण्डमा आफूले सक्दो सहयोग र पहल गर्ने उनले बताए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.