बागमती प्रदेशमा लम्पी स्किनको महामारी, २६० पशु मरे

बागमती प्रदेशमा लम्पी स्किनको महामारी, २६० पशु मरे
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशमा लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । प्रकोपबाट प्रदेशका १३ वटै जिल्लामा गरी कूल २६० वटा पशु मरेका छन् ।पशुचौपायामा घाँटी,पुच्छर,वरिपरिका भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने,उच्च ज्वरो आउने,कचेरा लाग्ने,सिगान बग्ने तथा मुखबाट फिज धेरै निकाल्ने र अन्तमा मृत्यु हुने गरेको छ । पशुचौपाया भटाभट मर्न थालेपछि किसान चिन्तित छन् । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेशको तथ्याङ्क अनुसार प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी मकवानपुरमा १९७ वटा गाई मरेका छन् ।  त्यस्तै सिन्धुलीमा ४७,नुवाकोटमा १०, काठमाडौंमा ४ र काभ्रेमा २ वटा गाई मरेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । 

उनका अनुसार लम्पी स्किन रोगबाट सबैभन्दा बढी प्रभावित जिल्ला मकवानपुरमा मात्र ४ हजार ८३५ वटा गाईमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सिन्धुलीका पशु चौपायामा सो रोगको सबैभन्दा बढी संक्रमण पुष्टि भए पनि क्षति भने कम रहेको छ । 

सिन्धुलीमा ९ हजार ६३४ वटा गाईमा सङ्क्रमण देखिएको थियो । जसमध्ये ४७ वटा गाई मरेका छन् । काठमाडौंमा ८३ वटा, ललितपुरमा ४० वटा, भक्तपुरमा एउटा, रामेछापमा एक हजार ९६५ वटा, काभ्रेमा ४०० वटा, नुवाकोटमा ३०० वटा, सिन्धुपाल्चोकमा ६ वटा, र चितवनमा एक हजार ६० वटा गाईमा रोगको सङ्क्रमण पुष्टि भएको छ । 

हालसम्म लम्पी स्किन रोग प्रदेशको १३ मध्ये १० जिल्लामा देखिएको मन्त्रालयले जनाएको छ । धादिङ, दोलखा र रसुवामा भने सो रोगको संक्रमण देखिएको छैन ।

प्रदेशभित्र तीव्र गतिमा फैलिरहेको लम्पी स्किन रोगको नियन्त्रण गर्न मन्त्रालयले गाई भैँसीको स्वास्थ्य संरक्षण गर्न र दूध उत्पादनमा हुने कमीलाई न्यूनीकरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । 

रोगको सङ्क्रमणग्रस्त क्षेत्रमा तत्काल निःसंक्रमण, उपचारलगायतका नियन्त्रणका कार्यहरू सञ्चालन गर्न विज्ञ केन्द्रमा तत्काल सङ्क्रमण नियन्त्रण टिम गठन गरी परिचालन गरिएको छ ।

रोग सर्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासन कार्यालयसँगको समन्वयमा प्रचलित कानुन बमोजिम पशु ढुवानी र ओसारपसार कार्यलाई नियन्त्रण वा निषेध गर्न विज्ञ केन्द्रहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.