दुर्घटनामा बुवाको मृत्यु, छोरा गम्भीर

दुर्घटनामा बुवाको मृत्यु, छोरा गम्भीर
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको ठुलोखोलामा बिहीबार टिप्परले मोटरसाइकल किच्दा बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्। 

टिप्परले किच्दा नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका ५० वर्षीय नेत्रमान विश्वकर्माको मृत्यु भएको हो। उनका छोरा मोटरसाइकल चालक निरज विक गम्भीर घाइते भएका छन्। 

गल्छी–देवीघाट सडकखण्डको बीचमा रहेको बेलकोटगढी नगरपालिका–७ ठुलोखोलामा रसुवावाट काठमाडौतर्फ जाँदै गरेको बा ३–००ख २५८४ नम्बरको टिप्परले काठमाडौंबाट देवीघाटतर्फ जाँदै गरेको बा २–०९ प ५७५८ नम्बरको मोटरसाइकल किचेको थियो। 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काका अनुसार टिप्परसहित चालक धादिङको धुनीवेशी-३ का २९ वर्षीय सन्जीव कुँवरलाई कारबाहीका लागि नियन्त्रणमा लिइएको छ। 

खड्काका अनुसार नेत्रमानको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको हो। उनको छोरा निरजको हातखुट्टासहित शरीरको विभिन्न अंगमा गहिरो चोट लागेको छ। उनको त्रिशूली अस्पतालमा प्राथमिक उपचार गरी धापासीस्थित ग्राण्डी अस्पताल लगेर उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.