नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष धरौटीमा रिहा

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष धरौटीमा रिहा
सुन्नुहोस्

राजविराज : झुटो विवरण पेस गरी नेपाली नागरिकता दिलाएको आरोप लागेका राजविराज नगरपालिका-११ का वडा अध्यक्ष उदित नारायण यादव बिहीबार एक लाख रुपैयाँ धरौटी राखी रिहा भएका छन्।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको आदेश अनुसार वडा अध्यक्ष यादव एक लाख रुपैयाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भएका हुन्। सरजमिन मुचुल्कामा बसेका सोही वडाका राधेश्याम यादवलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए।

जनप्रतिनिधि, कर्मचारी, प्रहरी, स्थानीयसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि वडा अध्यक्ष यादव र स्थानीय राधेश्याम यादव बिहीबार अदालतमा हाजिर भएका हुन्। 

धरौटीमा रिहा भएका वडा अध्यक्ष यादवले जन्मदर्ता, सर्जमिन मुचुल्का, प्रहरी प्रतिवेदन र अन्य प्रमाणका आधारमा सिफारिस गर्दा पनि आरोप लाग्न थालेमा अबदेखि डिएनए परीक्षण नगरी नागरिकता सिफारिस गर्न नसकिने बताए। 

सप्तरी जिल्ला अदालतले भारत घर भई राजविराजमा बस्दै आएका भारतीय नागरिक सतिश यादवलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्ष, नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत, स्थलगत वस्तुस्थिति (सर्जमिन) गर्ने, गराउने प्रहरी, स्थानीयसहित २६ जनालाई बुधबार पक्राउ पुर्जी जारी गरेको छ।

नेपाली नागरिकता लिने भारत घर भएका सतिश यादव र उनलाई छोरा बनाएर नागरिकता दिलाउने राजविराज नगरपालिका-११ का सूर्यनारायण यादव बुधबार एक-एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। 

सूर्यनारायणले नाती नाता पर्ने भारतीय नागरिक सतिशलाई छोरा बनाई गत फागुन २१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता दिलाएको आरोप छ।

अदालतले राजविराज नगरपालिका-११ का वडासचिव हरिनारायण यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी सहायक निरीक्षक सर्लाही, हरिपुर नगरपालिका- ७ का महेन्द्र चौधरी, प्रहरी सहायक हवल्दार सर्लाहीको गोडैटा नगरपालिका- १२ का नारायणकुमार महतो, प्रहरी जवान महोत्तरीको बर्दीवास नगरपालिका-११ का रामईश्वर मण्डल, जिल्ला प्रशासन कार्यालय सप्तरीका शाखा अधिकृत सप्तरीको खडक नगरपालिका-१० का किशोरकुमार राम, नायव सुब्बा राजविराज नगरपालिका-८ का सुशील कर्ण, खरिदार सुरुङ्गा नगरपालिका-८ का सञ्जीवकुमार साह र मोरङको विराटनगर महानगरपालिका-४ का सुरज नेपालसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

पक्राउ पुर्जी जारी हुनेमा सप्तरीको राजबिराज नगरपालिका- ११ का वडा सदस्य दशरथ यादव, सोही वडाका नारायण प्रसाद यादव, रामकिसुन यादव, बिराजी यादव, सुर्य नारायण यादव, प्रभु यादव, देबु यादव, रामदेव साह, हरि नारायण यादव, कप्लेश्वर यादव, सतिश यादव, आसो देवी यादव, देवकृष्ण यादव, शत्रुधन प्रसाद यादव, कुशेश्वर प्रसाद यादव, रामदेव यादव, राम किसुन यादव, चुल्हाई यादव र भुवनेश्वर प्रसाद यादव रहेका छन्।

जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट नक्कली नागरिकता प्रकरणमा वैशाख ३१ गते २८ जनाविरुद्ध अभियोगपत्र दायर भएको छ। जसमा २४ जना अझै फरार छन्।

अभियोगपत्र अनुसार सप्तरीको साविक फर्सेठ गाविस ७ हाल राजविराज नगरपालिका-११ का सूर्यनारायण यादवले झुटो विवरण दिई आफ्ना नाती पर्ने भारतीय नागरिक सतिश यादवलाई छोरा बनाई नेपाली नागरिकता बनाएका छन्। नक्कली नागरिकता बनाउन सघाएको आरोपमा अभियोगपत्र दायर भएको हो।

प्रशासकीय अधिकृत राम जिल्ला प्रशासन कार्यालय सप्तरी र राजविराज कारागारबाट मंगलबार मात्र रमाना लिएका छन्। उनी बुधबार मात्र सप्तरीको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर हाजिर भएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.