डडेल्धुरा सदरमुकाममा सडक चौडा गरिँदै
डडेल्धरा : जिल्ला सदरमुकाम डडेल्धुरा बागबजारमा सडक चौडा गर्न थालिएको छ।
सडक चौडा गर्नका लागि क्षतिपूर्ति तथा मुआब्जा रकम भुक्तानी गर्न थप ३० करोड रकम स्वीकृत भएपछि सडक चौडा गर्न थालिएको हो।
रकम पाएसँगै स्थानीयले सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन सुरु गरेका छन्। यो सडक ३० मिटर चौडा हुने छ।
स्थानीय व्यापारी र घर तथा जग्गाधनीले नै सडक क्षेत्रभित्र परेका संरचना हटाई सडक चौडा पर्ने कार्यमा सहयोग गरिरहेका छन्।
सडक क्षेत्रभित्र परेका संरचना हटाउनका लागि ८४ करोड रुपैयाँ मुआब्जा दिनुपर्ने थियो। मुआब्जाका लागि हालसम्म ५० करोड रुपैयाँ आएको सडक डिभिजन कार्यालयका प्रमुख दीपक झाले जानकारी दिए।