भारतीयलाई नेपाली नागरिकता दिएको आरोप लागेका अधिकृत धरौटीमा रिहा

भारतीयलाई नेपाली नागरिकता दिएको आरोप लागेका अधिकृत धरौटीमा रिहा
सुन्नुहोस्

राजविराज : भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोप लागेका जिल्ला प्रशासन कार्यालय सप्तरीका शाखा अधिकृत किशोरकुमार राम ५० हजार रुपैयाँ धरौटीमा शुक्रबार रिहा भएका छन्।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इंनामको आदेश अनुसार सप्तरीको खडक नगरपालिका-१० घर भएका अधिकृत राम धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भएका हुन्। 

रामले स्थानीय वडाको सिफारिस, सरजमिन, विद्यालयको प्रमाण र अन्य प्रमाणका आधारमा बुवा-छोरा नै देखिएकाले नागरिकतामा तोक लगाउनु परेको बताए। 

कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय सप्तरीमा अधिकृत र राजविराज कारागार प्रमुखमा कार्यरत रामले मंगलबार मात्र रमाना लिएका छन्। 
उनी बुधबार सप्तरीको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर भएका छन्।

यण यादव एक लाख रुपैयाँ तथा स्थानीय राधेश्याम यादव २५ हजार रुपैयाँ धरौटी राखी रिहा भएका थिए। वडा अध्यक्षले नागरिकताका लागि सिफारिश गरेका थिए भने राधेश्याम सरजमिन मुचुल्कामा बसेका थिए।

त्यसअघि नेपाली नागरिकता लिने भारत घर भएका सतिश यादव र उनलाई छोरा बनाएर नागरिकता दिलाउने राजविराज नगरपालिका-११ का सूर्यनारायण यादव एक-एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। 

सूर्यनारायणले नाती नाता पर्ने सतिशलाई छोरा बनाई गत फागुन २१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता दिलाएको आरोप छ।

अभियोगपत्र अनुसार सप्तरीको राजविराज नगरपालिका-११ फर्सेठका सूर्यनारायण यादवले झुटो विवरण दिई आफ्ना नाती पर्ने भारतीय नागरिक सतिश यादवलाई छोरा बनाई नेपाली नागरिकता बनाएका छन्। 

यी दुई बाहेक अन्यलाई नक्कली नागरिकता बनाउन सघाएको आरोपमा अभियोगपत्र दायर भएको हो।

जनप्रतिनिधिहरू, नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत, कर्मचारीहरू, स्थलगत वस्तुस्थिति (सर्जमिन) गर्ने, गराउने प्रहरी, स्थानीयसहित २८ जना विरुद्ध सप्तरी जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ। अझै २३ जना फेला परेका छैनन्।

अदालतबाट राजविराज नगरपालिका-११ का वडासचिव हरिनारायण यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका नायव सुब्बा राजविराज नगरपालिका-८ का सुशील कर्ण, खरिदार सुरुङ्गा नगरपालिका-८ का सञ्जीवकुमार साह र मोरङको विराटनगर महानगरपालिका-४ का सुरज नेपालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पक्राउ पुर्जी जारी हुनेमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी सहायक निरीक्षक सर्लाहीको हरिपुर नगरपालिका- ७ का महेन्द्र चौधरी, प्रहरी सहायक हवल्दार सर्लाहीको गोडैटा नगरपालिका- १२ का नारायणकुमार महतो, प्रहरी जवान महोत्तरीको बर्दीवास नगरपालिका-११ का रामईश्वर मण्डल समेत छन्।

यस्तै राजबिराज नगरपालिका-११ का वडा सदस्य दशरथ यादवसहित  सरजमिन बस्ने सोही वडाका नारायण प्रसाद यादव, प्रभु यादव, रामकिसुन यादव, बिराजी यादव, देबु यादव, रामदेव साह, कप्लेश्वर यादव, आसो देवी यादव, देवकृष्ण यादव, शत्रुधन प्रसाद यादव, कुशेश्वर प्रसाद यादव, रामदेव यादव, राम किसुन यादव, चुल्हाई यादव र भुवनेश्वर प्रसाद यादवविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.