विद्यार्थीलाई पोशाक वितरण

नुवाकोट : जिल्लाको विदुर नगरपालिका-१३, कल्याणपुरमा रहेको बागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरिएको छ।
सूर्यगढी गाउँपालिका-३ का शिक्षाप्रेमी नवराज ढुंगानाको पहलमा १४० विद्यार्थीलाई पोशाक वितरण गरिएको हो।
विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गरिएको उनले बताए।
गरिब तथा आयश्रोत नभएका विद्यार्थीहरूलाई अध्ययनप्रति जागरुक बनाउनका लागि विद्यार्थीहरूलाई पोशाक तथा स्टेशनरी प्रदान गरिएको हो।
प्रतिक्रिया दिनुहोस !
