आफै कानुन बनाएर सरकारले यात्रीसँग जरिवाना असुल्न थाल्यो : गगन थापा
काठमाडौं : नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले उद्यमीहरूलाई निरुत्साहित हुने काम नगर्न सरकारसँग आग्रहका गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले विधुतीय सवारी साधन बनाइरहेको यात्रीले सवारी दर्ता प्रक्रियामा समस्या भोगिरहेको भन्दै तत्काल समस्या समाधान गर्नुपर्ने बताए।
भ्याट तिरेको ३५ दिनभित्र दर्ता गरेन भन्दै सरकारले जरिवाना लिने गरेको उनको भनाइ छ। 'विधुतीय सवारी साधान बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्य विधि संशोधन भयो सरकारको तारिफ पनि भयो। अहिले आएर फेरि दर्ता प्रक्रियामा समस्या देखिएको छ। सरकार भन्छ भ्याट बील तिरेको ३५ दिनभित्रै दर्ता भएन भने जरिवाना लाग्छ, 'उनले भने।
उनले पहिला कानुन नहुँदा दर्ता नभएको र अहिले कानुन हुँदा झमेला व्यहोर्नुपरेको बताए। 'पहिले कानुन थिएन दर्ता भएन अहिले कानुन बन्यो दर्ता भयो तर आफै कानुन बनाउने निकायले दर्ता ढिलो किन गरिस्। तैले जरिवाना तिर्नुपर्छ। भन्छ,'उनले भने,'सरकारको यो कम्जोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ?
उनले यो विषय उद्यमीसँग मात्रै सीमित नभइ स्वदेशी उत्पादन मात्रै किन्छु उपभोग गर्छु भन्ने उपभोक्तासँग समेत रहेको बताए।
उनले भने,'स्वदेशी उत्पादन मात्रै किन्छु उपभोग गर्छु भन्नर् उपभोक्तासँग पनि छ। स्वदेशी उत्पादन किन्ने र उत्पादन बढाउँछु भन्ने नीति बोकेको सरकारले असल नियतका साथ काम गरिरहेको उद्यमीलाई निरुत्साहित हुन नदियोस्। आफ्नो नीतिको ख्याल राखोस्। सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।'
प्रतिक्रिया दिनुहोस !