बागमती प्रदेशसभा बैठकः विनियोजन विधेयक २०८० प्रस्तुत

बागमती प्रदेशसभा बैठकः विनियोजन विधेयक २०८० प्रस्तुत
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले विनियोजन विधेयक २०८० प्रस्तुत गरेका छन्। 

प्रदेश सभाको दोस्रो कार्यकालको १२ औँ बैठकमा मन्त्री लामाले प्रदेश सरकारको तर्फबाट प्रस्तुत हुने विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए। 

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेशभित्र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको प्रवाह र रोजगारीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने विषयलाई प्रतिवेदनमा उल्लेख गरिएको मन्त्री लामाले बताए। 

उनले विपन्न नागरिकहरूलाई आर्थिक सबलीकरणका लागि कृषि उद्यमी र उत्पादनका लागि प्याकेज कार्यक्रम सञ्चालन गर्ने र साना उद्यमीहरूलाई उद्योग सञ्चालनका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेतर्फ जोड दिए। 

संघीय सरकारले मुलुकमा आर्थिक समृद्धितर्फ राजश्व संकलनलाई उच्च प्राथमिकतामा राखेको स्मरण गर्दै प्रदेश सरकारले पनि प्रदेशभित्र राजश्व संकलनलाई वैज्ञानिक प्रक्रिया अनुसार असुलीमा बृद्धि गर्ने लक्ष्यका साथ कार्यान्वयन गर्नेतर्फ सरकारको लक्ष्य रहेको उनले बताए। 

मन्त्री लामाले विनियोजन विधेयक २०८० को सिद्धान्त र  प्राथमिकताको सन्दर्भमा दफावार छलफल गरियोस् भनी प्रस्ताव टेबुल गरेका थिए। सो विधेयकमाथि भोलि पूर्ण बैठकमा दफावार छलफल हुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

साथै सभामुख भुवन कुमार पाठकले नियमित बैठक बस्ने क्रममा सभामुख तथा उपसभामुखको अनुपस्थितिमा प्रदेश सभामा दलगत रुपमा दलको प्रतिनिधित्व गर्ने प्रदेश सभाका सदस्यहरू, अमृता नेपाल, लक्ष्मी घिमिरे, भारती पाठक र  हरिप्रभा खड्की श्रेष्ठलाई मनोनित गरेकोमा सोही बैठकले स्वीकृति प्रदान गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.