नीति तथा कार्यक्रममा सबै छ तर राम्रोसँग हेर्‍यो भने केही छैन : गगन थापा

नीति तथा कार्यक्रममा सबै छ तर राम्रोसँग हेर्‍यो भने केही छैन : गगन थापा

काठमाडौं : सांसद गगन थापाले प्रस्तावित नीति तथा कार्यक्रममा केही नभएको बताएका छन्। बुधबार संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै थापाले नीति तथा कार्यक्रमको लक्ष्य र उद्देश्य प्रष्ट नभएको दाबी गरेका हुन्। 

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले भने,‘पढ्दै गयो भने नीति तथा कार्यक्रममा सबै छ। इच्छा छ, समीक्षा छ, कार्यक्रम छ योजना, तर राम्रोसँग हेर्‍यो भने केही छैन। किनभने यो के का लागि ल्याइएको हो भन्ने कुरामा हामी सघन छलफल गरेनौं।’

उनले नीति तथा कार्यक्रममा संसदमा जति छलफल गरेपनि बजेटमा समावेश नहुने प्रष्ट पारे। थापाले प्रधानमन्त्रीको भिजन अनुसार नीति तथा कार्यक्रम बन्ने नगरेको बताए। उनले तालिका बनाएर अगाडि बढ्नुपर्ने धारणा गरे। 

थापाले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने भनेपनि उपचारात्मक कुराले मात्र समाधान नहुने दाबी गरे। उनले निर्वाचन कानुन र राजनीतिक दलको ऐनले गर्दा पनि निर्वाचन महंगो परेको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.