राष्ट्रिय परिचय पत्र वितरण टोली गाउँमा

राष्ट्रिय परिचय पत्र वितरण टोली गाउँमा
सुन्नुहोस्

नुवाकोट : सर्वसाधारणको सुविधाका लागि नुवाकोटमा पहिलो पटक राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सञ्चालन भएको छ। पहाडी संरचना रहेको नुवाकोटको १२ स्थानीय तहका ८८ वटै वडाबाट पूर्ण विवरण संकलन गरिने अभियान बुधबारदेखि सुरु भएको हो। 

सो अभियानको म्यागङ गाउंपालिकाको देउरालीबाट सुरुवात गरिएको छ। अभियानअनर्तगत तोकिएका प्राविधिकलाई यससम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ। 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विदुरमा सबै स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालालाई सचेतना कार्यक्रम सञ्चालन गरेपछि टोली पालिकास्तरमा पुगेको हो। म्यागङ गापाको देउरालीमा पहिलो चरणमा ६ वटा वडामा तोकिएका रुजु अधिकारीलाई प्रशिक्षण दिइएको छ। 

प्रमुख जिल्ला अधिकारी किरण थापा, सप्रजिअ वेदनिधि अधिकारी, राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागका इन्जिनियर अव्दुल अलिलगायतले राष्ट्रिय परिचय पत्र विवरण संकलक तथा रुजु अधिकारीलाई प्रशिक्षण दिएका हुन्। वडावाटै विवरण संकलन सुरु गरिने प्रजिअ थापाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.