दर्ता बिनाको औषधि ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ

दर्ता बिनाको औषधि ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ

झापा : दर्ता बिनाको औषधि ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका-४ निवासी २९ वर्षीय इतियाज आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

आलमलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो। उच्च अदालत पाटनको २०७६ माघ १४ गतेको फैसला अनुसार बिना दर्ताको औषधि ओसारपसार पैठारी निकासी मुद्दामा आलमलाई एक महिना कैद र पाँच हजार जरिवानासहितको सजाय तोकेको थियो। 

आलम सोही दिनदेखि फरार थिए। यता पक्राउ परेका आलमलाई अदालतको फैसलाबमोजिम कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइसकेको डीएसपी रिजालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.