नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्नु हुँदैन : नेता खनाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न नहुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित गरेको कार्यक्रममा शरणार्थी प्रकरण नेपालको लज्जास्पद घटना भएको भन्दै यसलाई पूर्ण रूपमा टुंगोमा पुर्याउनुपर्ने बताए।
यसको अनुसन्धानलाई कमजोर पार्ने चर्चा चलेको भन्दै उनले अनुसन्धानलाई निष्कर्षमा पुराउन नसके जनताले नै आन्दोलन गर्ने अवस्था सिर्जना हुने धारणा राखे।
खनालले उक्त प्रकरणमा संलग्न कुनै पनि अपराधी छुट्न नहुने र कोही निर्दोष फस्न नहुने बताए। त्यस्तै उनले अहिले राजतन्त्र फर्काउने भन्दै केही शक्ति सल्वलाउन थालेको भन्दै राजतन्त्र फर्काउने दिवास्वप्न नदेख्न चेतावनी दिए।
त्यस्तै खनालले विभिन्न आन्दोलनमार्फत मुलुकमा भएका परिवर्तनलाई कसैले उल्टाउन नसक्ने जिकिर गरे।
प्रतिक्रिया दिनुहोस !