छहरे-टोखा सुरुङमार्गमा सभामुखको चासो

छहरे-टोखा सुरुङमार्गमा सभामुखको चासो

नुवाकोट : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले छहरे-टोखा सुरुङमार्गमा चासो देखाएका छन्। 

नुवाकोटको दुप्चेश्वरमा शनिबार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले सुरुङमार्ग बारे चासो देखाएका हुन्। 

सुरुङमार्ग निर्माणले नुवाकोटवासीलाई काठमाडौंसँग निकै नजिक ल्याउने भएको हुँदा यसको आवश्यकता रहेको उनको भनाइ छ। 

सुरुङमार्ग बनेपछि १० मिनेटमा नुवाकोट प्रवेश गरिने र दुप्चेश्वरलगायतका स्थानको दूरी घट्ने उनले बताए। उनले जनताको जीवनमा परिवर्तन नभएसम्म भौतिक निर्माणले मात्रै प्रगति मान्न नसकिने पनि धारणा राखे। 

सभामुख घिमिरेले विकासमा सबै पक्षको हातेमालो जरुरी रहेको बताएका छन्। उनले जनताको प्राथमिकता विकास भएका कारण विकासमा सबै पक्षको एकमत हुनुपर्ने समेत बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.