मकवानपुरमा राष्ट्रिय निकुञ्जले दिएको तनाव : ८ हजार भुमिहीन सुकुम्बासीले पाएनन् जग्गा लालपुर्जा

मकवानपुरमा राष्ट्रिय निकुञ्जले दिएको तनाव : ८ हजार भुमिहीन सुकुम्बासीले पाएनन् जग्गा लालपुर्जा
सुन्नुहोस्

जग्गाको लालपुर्जा नहुँदा आफूहरुले सोचे अनुरुपको केही काम गर्न नपाएको भन्दै राज्यले छिटोभन्दा छिटो लालपुर्जा उपलब्ध गराउनु पर्ने बताए। यस्तै दिलबहादुर मोक्तान मध्वर्ती क्षत्रभित्रै ०६० सालदेखि बसोबास गर्दै आएका छन्।

मकवानपुर : मकवानपुरको मनहरी गाउँपलिका वडा नं ६ स्थित सुनाचुरीका विरबहादुर थिङ्ग उमेरले ४१ वर्ष भए। आफ्नो बाउबाजेको समयदेखि सोही स्थानमा बस्दै आएका उनको आफ्नै नाममा भने जग्गा छैन। 

मध्यवर्ती क्षेत्रभित्र निकुन्जभित्र पर्ने भन्दै सुकुम्बासीलाई दिइने भनिएको जाग्गा निकुन्जले रोकेपछि उनी चिन्तित छन्। लामो समयदेखि लालपुर्जा वितरण गर्ने भनिए पनि अन्तिम चरणमा आएर  मध्यवर्ती क्षेत्रले पालिकामा पत्र पठाउँदै तत्कालको लागि सो काम रोक्नु भनेको उनले सुनाए। 
जाग्गा आफ्नो नाउँमा नहुँदा व्यापर व्यवसाय गर्न बैंकले पैसा नदिने, किनबेच गर्न नपाउने र छोरा छोरीलाई उच्च शिक्षाको निम्ति पढाउनसमेत समस्या भएको भन्दै दुख व्यक्त गरे। यस्तै कमल थिङ्ग पनि सोही स्थानमा जन्मे हुर्केका उमेरले ४० काटिसकेका व्यक्ति हुन्। उनको पनि वर्षौंदखि भोगचलन गर्दै आएको जग्गाको हालसम्म पनि जग्गा लालपुर्जा छैन। पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रका पर्ने भन्दै सरकारले दिने भनेको जाग्गा लालपुर्जाको काम रोकेपछि उनी पनि चिन्तित देखिन्छन्। 

जग्गाको लालपुर्जा नहुँदा आफूहरुले सोचे अनुरुपको केही काम गर्न नपाएको भन्दै राज्यले छिटोभन्दा छिटो लालपुर्जा उपलब्ध गराउनु पर्ने बताए। यस्तै दिलबहादुर मोक्तान मध्वर्ती क्षत्रभित्रै ०६० सालदेखि बसोबास गर्दै आएका छन्। लामोसमयदेखि बसोबास गर्दै आएका उनको पनि हालसम्म आफ्नै घर जग्गाको लालपुर्जा छैन। लालपुर्जा नहुँदा विभिन्न सम्मस्यासँग जुद्धै आएका उनले निकुन्जको प्रशासनको धम्कीसमेत खेप्दै आएको सुनाए।  उनी भन्छन्,  'कहिले निकुन्जको मान्छे आएर बस्ती उठाउँछ ठेगान छैन। वर्षौं भयो यहाँ आएर बसेको। जाने ठाउँ कहीं पनि छैन। आफ्नो नाउँमा आफूले खन्दै–जोर्दै आएको खेतबारी र घरको जग्गा लालपुर्जासमेत नदिइ सरकारले वेवस्ता गरेको छ।'

यस्तै समस्यामा सोही गाउँपलिकाको वडा नम्बर १ देखि ९ सम्म करिब ८ हजार घरधुरी रहेका छन्। प्रारम्भिक चरणमा स्थानीय सरकारले मनहरी गाउँपालिका ६ नं. वडा र १ नं. वडाबाट ब्लक नापी गरिरहेको अवस्थामा मध्यवर्ती क्षेत्रको नाममा चितवन राष्ट्रिय निकुञ्ज कसराले नापी रोक्न स्थानीय सरकारलाई पत्राचार सहित दबाब दिंदा सो काम रोकिएको स्थिानीयले बताए। सदियाौंदेखि जमिनको मालिक बन्ने सपना बोकी बसेका हजारौं भुमिहीन सुकुम्बासीमाथि ज्यादती गरेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बस्ती संघर्ष समितिका अध्यक्ष क्षेत्रबहादुर मुक्तानले बताए। 

लालपुर्जा विहीन स्थानीय बासिन्दाले लालपुर्जाको मागसहित विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आए पनि हालसम्म पनि लालपुर्जा प्राप्त गर्न भने सकेका छैनन्। लामो समयदेखि निकुन्ज र स्थानीय जनताबीचको विवाद चुलिँदै छ। मध्यवर्तीद्वारा प्रभावित क्षेत्रका जनप्रतिनिधि सहितले कार्यक्रमको आयोजना गर्दै  संघीय संसद, प्रदेश संसद तथा मन्त्री, गाउँपालिका अध्यक्ष एवम् अन्य जनप्रतिनिधि र सरोकारवालाको उपस्थितिमा  आफ्नो मागहरुको बारेमा जानकारी गराएका छन्। हजारौंको संख्यामा उपस्थित भएका उनीहरुले आफ्नो माग पूरा नभए जस्तोसुकै आन्दोलनको कार्यक्रमहरु गर्न आफूहरु बाध्य हुने बताए। 

सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधसभा संसद एवम् नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले आफू सो समस्याको बारेमा जानकार रहेको र प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय निकुञ्जको सिमाको हेरफेर र मध्यवर्ती क्षेत्र खारेजीका माग सहित आफ्नो बिचार राख्दै आएको बताए। मनहरी गाउँपालिका मात्र नभइ हेटौंडाको १२, १३, १४ र १५ नम्बर वडाका पनि सोही समस्या वर्षौंदेखि रहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.