शिक्षक लाइसेन्सको परीक्षामा सबै विषय पढेका विद्यार्थी सहभागी हुन पाउने

काठमाडौं : शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षामा सबै विषय पढेका विद्यार्थी सहभागी हुन पाउने भएका छन्।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै अध्यापन अनुमति पत्रको परीक्षामा जुनै विषय अध्ययन गरेका व्यक्ति सहभागी हुन पाउने व्यवस्था गरिने बताएका हुन्।
प्रधानाध्यापक छनोट गर्दा खुला प्रतिस्पर्धाबाट गर्न स्थानीय तहलाई प्रोत्साहित गरिने बताए।
प्रतिक्रिया दिनुहोस !
