बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिँदैन : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन्।
सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यस्तो बताएका हुन्।
उनले बजेटले संकट दर्शाएको भए पनि संकटको समाधान केही पनि नदिने बताए। उनले बजेटका बारेमा विस्तृतरूपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गरे।