नुवाकोटमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

मशाल जुलुशसहित कोणसभा

नुवाकोटमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

नुवाकोट : राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विरुद्ध नुवाकोटमा राष्ट्रिय युवा संघ नेपाल आन्दोलित भएको छ। संघले बुधबार राती विदुरमा विधेयकको विरोधमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको पुतला दहन गरेको छ। 

युवा संघले नुवाकोटको व्यस्त बट्टारबजारमा मशाल जुलुश, पुतला दहन र कोणसभा गरेको हो।  नागरिकता विधेयकको निर्णय फिर्ता नलिएसम्म आन्दोलनको कार्यक्रम जारी रहने संघका अध्यक्ष प्रज्वल सापकोटाको भनाइ छ।

nullराष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विवादास्पद नागरिकता विद्येयकका साथै युवा संघले भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपाली भूमि समावेश भएको अखण्ड भारतको नक्साको विरोधको पनि विरोध गरेको थियो।

बट्टार पुरानो बजारबाट निस्केको राँके जुलुस विभिन्न नारा लगाउँदै बजार घुमेर नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा पुगेको थियो। संघले विधेयकको विरोधमा दैनिक कार्यक्रम जारी राख्ने जनाएको छ। 

रोकिएको नागरिकता विद्येयक अहिले देशको हित विपरीत सदनलाई समेत छलेर मन्त्री परिषदको निर्णयबाट राष्ट्रपतिले प्रमाणीकरण गर्नु र भारतले नेपाली भूमि समावेश गरेर बनाएको नक्साको विषयमा सरकार केही नबोलेको विषय विरोध गरिएको कोणसभामा सहभागीहरुले बताए। 

nullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.