पूर्वराजा लोकतन्त्रका विरुद्ध लड्ने योद्धाका विरुद्ध लागे : झलनाथ खनाल

पूर्वराजा लोकतन्त्रका विरुद्ध लड्ने योद्धाका विरुद्ध लागे : झलनाथ खनाल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लोकतन्त्रका विरुद्ध लड्ने योद्धाका विरुद्ध पूर्वराजा ज्ञानेन्द्र शाह लागेको आरोप लगाएका छन्। 

बिहीबार काठमाडौंमा युवा संघ नेपाल, प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खनालले पञ्चायतकालमा लोकतन्त्रका लागि लड्नेहरूमाथि आक्रमण गर्ने मण्डलेहरू ब्युँताउन कोसिस भएको र त्यसमा पूर्वराजा ज्ञानेन्द्रको सक्रियता देखिएको आरोप लगाएका हुन्।

खनालले आफू सहभागी एक सार्वजनिक कार्यक्रममा सबै पार्टीको विरुद्ध र विशेषगरि आफू विरुद्ध नियोजित रूपमा आक्रमणको प्रयास भएको त्यसमा राजावादी भन्नेहरूको हात रहेको बताए। 

पूर्वराजा ज्ञानेन्द्रको राजनीतिक गतिविधि बढ्न थालेको भन्दै खनालले राप्रपाको अध्यक्ष बनेर वा अर्को पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिए। 

उनले राजनीतिक दल खोजेर आए प्रतिस्पर्धा गर्न तयार रहेको तर गुण्डागर्दी र अराजकता मच्चाएर नारायणहिटी दरबारमा गएर मुकुट लगाउने सपना देखे दिवास्वप्न बाहेक केही नहुने स्पष्ट पारे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.