नागरिकता विधेयक,आममाफी र सांसद विकास कोषसम्बन्धी निर्णय पार्टीसभापतिले एकलौटी गर्नुभयो : गगन थापा

नागरिकता विधेयक,आममाफी र सांसद विकास कोषसम्बन्धी निर्णय पार्टीसभापतिले एकलौटी गर्नुभयो : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वले गरेको गलत निर्णयको भारी अब बोक्न नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै थापाले पार्टीको आधारभूत मान्यतासग बाँझिने गरि नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न नसक्ने बताएका हुन् ।

थापाले भने,‘नागरिकता विधेयकसम्बन्धी विषय,आममाफीको विषय, सांसद् विकास कोषका सन्दर्भमा,प्रदेशमा मन्त्रालय फुटाउने विषय यी यस्ता कयौं विषय छन् । यी विषयहरू नेपाली कांग्रेसको पार्टी सभापतिले,मुख्य नेतृत्वले एक्लै गर्नुभएको निर्णय हो । यो निर्णय तपाईंहरुले भन्दा मैले अगाडि थाह पाएको हुँ । यो परिपार्टी गएको एक डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले यसलाई सहे । मैले मान्दै आए । किनभने सभापति हो, सभापति बहुमतमा हुनुहुन्छ । अब भने सहन्न ।’

उनले पार्टीको आधारभूत मान्यतासँग बाँझिने गरि गरिएका कुनै पनि निर्णयहरू लडेर रोक्ने बताए । थापाले भने,‘यो गर्ने क्रमलाई अब लडेर रोक्ने हो । जुधेर रोक्ने हो,संघर्ष गरेर रोक्ने हो ।’

अब पार्टीलाई बदल्न कांग्रेसका सबै नेता कार्यकर्ताले आफूलाई बदल्न सक्नुपर्ने बताए । पार्टीको सदस्यता वितरणको प्रक्रिया नै गलत भएकाले गुटउपगुट हाबी भएको भन्दै सदस्यता वितरण प्रणालीलाई नै बदल्नुपर्ने उनको भनाइ छ। 

गुटलाई जोगाउन खोज्दा पार्टी नै कमजोर हुने अवस्था रहेकाले यसलाई भत्काउने कामको सुरुवात गर्नुपर्नेमा उनको जोड छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.