भारतसँग सुदूरपश्चिमका पहाडी जिल्ला जोड्न महाकालीमा मोटरेबल पुल

डडेल्धुरा : भारतसँग सुदूरपश्चिमका पहाडी जिल्ला जोड्न महाकाली नदीमा मोटरेबल पुल निर्माण गरिने भएको छ। यहाँ दुईवटा पुल निर्माण हुन लागेको हो।
बैतडीको झुलाघाट र डडेल्धुराको परीगाउँमा मोटरेबल पुल निर्माणका लागि भारतले ठेक्का प्रक्रिया अघि बढाएको छ।
चाडै ठेक्का प्रक्रिया थालनी गर्ने जनाएको छ। पुल निर्माणको प्रक्रिया थालनी भएसँगै सर्वसाधारण हर्षित बनेका छन्। हालसम्म तुइन तथा डुगांको जोखिमपूर्ण यात्रा गरेर उनीहरू आवतजावत गर्दै आएका छन्।
महाकाली नदीमा पुल बनाउन भारत सरकारले गरेको ठेक्का आह्वानले अब व्यापारिक प्रयोजनका साथै अन्य रोजगार र धार्मिक यात्राका लागि सहज हुने स्थानीय समाजसेवी कैलाश कुमार पाण्डेयले बताए।
प्रतिक्रिया दिनुहोस !
