ॐ, फट् ! छु !

झाँक्री मन्त्र–तन्त्र उपचारमा त्रिभुजीय संयोग छन् । जसमा– मानसिक उपचार, आत्मिक उपचार र शारीरिक उपचार। यस उपचारभित्र वैज्ञानिक रहस्य पनि लुकेको पाइन्छ।

ॐ, फट् ! छु !

झाँक्री मन्त्र–तन्त्र उपचारमा त्रिभुजीय संयोग छन्। जसमा– मानसिक उपचार, आत्मिक उपचार र शारीरिक उपचार। झाँक्री बस्दा ढ्याङ्ग्रो, थाली, घण्टी बज्नु संगीत थेरापी हो। यसले बिरामीको मानसिक उपचार (हिलिङ) मा सहयोग गर्छ। उपचारको क्रममा विभिन्न मन्त्र–तन्त्र वाचन गर्नु ध्वनिथेरापी हो। झाँक्रीले मन्त्र–तन्त्र र झारफुकबाट बिरामीको उपचार गर्नु एक प्रकारको मनोवैज्ञानिक उपचार विधि हो। यसले बिरामीको मनोबल बढाउनुका साथै आत्मिक उपचार गर्छ।

झाँक्रीले मन्त्र–तन्त्रमा उल्लेख गरेका विभिन्न रैथाने जडीबुटी, औषधिमूलो बनाई खुवाउनु शारीरिक उपचार हो। यी तीनै पक्षले बिरामीलाई मनोवैज्ञानिक रूपमा साँच्चिकै निको बनाइदिन्छ। यसरी झाँक्रीको मन्त्र–तन्त्र र झारफुक उपचारभित्र वैज्ञानिक रहस्य लुकेको पाइन्छ। झाँक्री उपचारविधिभित्र रहेको अन्धविश्वास–रुढिवाद र विज्ञानलाई छुट्ट्याउन सकिएको छैन। त्यसैले यसभित्र रहेको ज्ञान–विज्ञान र जीवनोपयोगी जडीबुटी औषधिसमेत ओझेल परेको छ।

समाजमा कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछाडि दौडने प्रवृत्ति छ। नकारात्मकभित्र सकारात्मक पाटोको खोजअनुसन्धान नहुँदा चौतर्फी दूषित भावनाको विकास भएको हो। नकारात्मकभित्रको सकारात्मक कुरालाई जीवन व्यवहारमा लागू गर्ने सामाजिक संस्कारको विकास कहिले होला ? राज्य सञ्चालकहरूसँग स्पष्ट जवाफ छैन। ‘सबै रोगबिमारको उत्पत्ति र निदान मानिसको आफ्नै मन नै हो।’

कास्की याङ्जाकोटका झाँक्री नन्दराम कामीले गानोगोला–सोलापाँजो फुक्ने मन्त्र यस्तो छ– ‘ॐ, अनुमानु, रत्ताm गानु, नाभी नछोडी अन्त कतै नजानू, दन्केर्नाको बुटामुनि बास भई, भष्म खरानी हुनु, ॐ, फट् ! छु !’ 

तथागत बुद्धको वाणी हो यो। यसबारे नेपाली समाजमै गहिरिएर न अध्ययन, अनुसन्धान भएको छ न व्यवहारमा प्रयोग नै गरिएको छ। नेपाली राज्यसंयन्त्र र कर्मचारी प्रशासन खोज अनुसन्धानमा आधारित छैन। पुरातन तदर्थवादी सोचमा राज्यसत्ता सञ्चालित हुँदै आएको छ। यसैले सनातन परम्पराभित्रका नवीनतम् ज्ञानभण्डार छायामा पर्‍यो। धामीझाँक्री मन्त्र–तन्त्र परम्परामा जडीबुटी उपचारविज्ञानसमेत यस्तै कोपभाजनमा परेको छ। देशको दूरदराजमा सहज स्वास्थ्यउपचार सेवा अझै पुग्न सकेको छैन। धेरै नागरिकले स्वास्थ्य उपचारका लागि धामीझाँक्रीकै भर पर्नुपर्छ। आधुनिक स्वास्थ्य उपचार सहरमा सीमित छ, त्यो पनि पैसावाल, पुँजीपतिहरूका लागि मात्रै।

झाँक्री मन्त्र–तन्त्र उपचारमा रहेको जडीबुटी उपचार विज्ञानलाई राज्यले चिन्न सकेको छैन। मन्त्र–तन्त्रमा उल्लेख भएका जडीबुटी उपचार ज्ञान–विज्ञानलाई समेत एकमुष्ट रुढिवाद भन्दै मिल्काइएको छ। यसले राष्ट्रिय जडीबुटी उद्योगलाई ठूलो क्षति पुर्‍याएको छ। झाँक्री मन्त्र–तन्त्रभित्र तीनवटा कुरा लुकेका छन्– जसमा रुढिवाद, विज्ञान र आधुनिकता। २१औं शताब्दीमा झाँक्रीले बोक्साबोक्सीको नाममा यातना, कुटपिट गर्नु र ज्यानै लिनु चरम कुरीति र रुढीवाद–अन्धविश्वास हो।

यस्तो प्रवृत्ति रोक्न राज्यले कडा कानुन बनाई नियन्त्रण र कारबाही गर्नुपर्छ। झाँक्रीले मन्त्र–तन्त्रमा बाँच्ने विभिन्न जडीबुटी, औषधिमुलोको उल्लेख गर्नु ज्ञान–विज्ञान हो। जसलाई राज्यकै लगानीमा गहन खोज अनुसन्धान गरेर बृहत् जीवनोपयोगी बनाउनु विज्ञान हो। मन्त्र–तन्त्रमा उल्लेख हुने रैथाने जडीबुटी औषधिलाई थप अनुसन्धानबाट प्रमाणित गरी व्यवसायीकरण र बजारीकरण गर्नु आधुनिकता हो। यसलाई कानुनी र नीतिगत दायरामा ल्याउन धामीझाँक्री मन्त्र–तन्त्र–जडीबुटी ऐन सरकारले तत्कालै ल्याउनु पर्छ। यसरी परम्परागत झाँक्री मन्त्र–तन्त्र उपचार विधिलाई मर्यादित, अनुशासित र व्यवस्थित बनाइनुपर्छ।

 
झाँक्री मन्त्र–तन्त्र उपचारमा रहेको जडीबुटी उपचार विज्ञानलाई राज्यले चिन्न सकेको छैन। मन्त्र–तन्त्रमा उल्लेख भएका जडीबुटी उपचार ज्ञान–विज्ञानलाई समेत एकमुष्ट रुढिवाद भन्दै मिल्काइएको छ। यसले राष्ट्रिय जडीबुटी उद्योगलाई ठूलो क्षति पुर्‍याएको छ। 

यस लेखमा सामाजिक रूपमा विभेदीकरणले धुलीकृत रैथाने आदिवासी (अति राजनीतिले अनुहारका आधारमा आदिवासी भनियो, बसोबास समयका हिसाबले कथित दलित सबै आदिवासी हुन्) शिल्पी समुदायमा प्रचलित झाँक्री मन्त्र–तन्त्रमा उल्लेख भएका जडीबुटीको चर्चा गरिएको छ। मन्त्र–तन्त्रमा आइरहने ‘ॐ’ जसको ध्वनिलाई यावत् विश्वब्रम्हाण्ड नै मानिन्छ। समाजले अन्धविश्वासको नजरले हेर्ने झाँक्री मन्त्र–तन्त्रभित्र वैज्ञानिक जडीबुटी उपचार विज्ञान कसरी लुकेको हुँदो रहेछ ? भन्ने केही तथ्य हेरौं, केलाऔं।

कास्की याङ्जाकोटका झाँक्री नन्दराम कामीले गानोगोला–सोलापाँजो फुक्ने मन्त्र यस्तो छ– ‘ॐ, अनुमानु, रक्त गानु, नाभी नछोडी अन्त कतै नजानू, दन्केर्नाको बुटामुनि बास भई, भष्म खरानी हुनु, ॐ फट् ! छु !’ मानिसको अधिकांश रोगको मुहान मुख र दाँतको सरसफाइमा ध्यान नदिनाले उत्पन्न हुने आधुनिक चिकित्सा विज्ञानले पुष्टि गरेको छ। यस मन्त्रमा ‘दन्केर्ना’ नामको जडीबुटी उल्लेख छ। उहिलेका बूढापाकाहरूले आफ्नो घरमा दन्केर्नाको पातको सिन्का राख्ने गर्दथे। खाना खाइसकेपछि दन्केर्नाले दाँत कोट्याउने गर्दथे। यो चलन अहिलेको टुथपेस्टले विस्थापित गरिदियो।

दन्केर्नाले दाँत कोट्ट्याउँदा दाँतमा रहेको फोहोर र किटाणु नष्ट भई पेट दुखाइ निको हुन्छ। नन्दरामकै अनुसार पेट दुखाइमा कटुसको बोक्रा कुटेर सफा कपडामा छानेर बिहान खाली पेटमा दुई चम्चाको दरले खानुपर्छ। एक हप्तादेखि पन्ध्र दिनसम्म खानाले निको हुन्छ। याङ्जकोटकै झाँक्री जयवीरे (तेउसे) कामीको भूतप्रेत र पिशाच फुक्ने मन्त्र यस्तो छ– ‘ॐ ! भाङ खान्छ जोगीले, मत खान्छ मतुवा लास लसुनतारी, ब्रम्हाचारी, तल्लो नबारी, रायो सर्सिउँ, उब्जा बारी, फिलिंगो तोरी, काला–काला बाख्राका छाला तरी भष्मरेखी तुलायम्, हाम गुरु नमोः नम, ॐ फट ! छु !’

हामीलाई फिलिंगो र तोरीको उपयोगिताबारे जानकारी छँदैछ। शुद्ध तोरीको तेलले मालिस गर्नाले बालबालिका र बूढापाकाहरूको शरीर र हाड बलियो हुन्छ। चिसो र सर्दीबाट बचाउँछ। यस मन्त्रमा उल्लेख भएको रायो, सर्सिउँलाई कुटेर घरवरिपरि छरिदिनाले सर्प, बिच्छी र लामखुट्टेको प्रकोपबाट मुक्त हुने पुष्टि भएको छ। भूतप्रेत र पिशाच भन्नाले मानिसलाई हानिनोक्सानी गर्ने वस्तु हुन् भन्ने बुझ्नुपर्छ।

शिल्पी समुदायको शिल्पकौशल, संस्कृति, सम्पदा र सभ्यतामा आधारित थुप्रै मन्त्र–तन्त्र पाइएको छ। जसमध्ये शरीर बार गर्ने मन्त्र यस्तो छ– ‘ॐ ! नरसिंह वानले पनि सुनचक्र बाँधी लेऊ, जस्तो तस्तो ज्ञान भए पनि, पैतालाले धसी धसी मारौं, ढिकीमा हाली कुटी कुटी मारौं, दाँतमा हाली पिसी पिसी मारौं, के ले मारौं, लोहाका घनले ठोकी ठोकी मारौं, लोहाका सनासोले चेपेर मारौं, खलाँतीले फुकी फुकी फालौं। ॐ ! फट् ! छु !’

याङ्जाकोटकै झाँक्री ठानबहादुर कामीका अनुसार बाथ, हातखुट्टा, जोर्नी दुखाइ, रुघाखोकी, सुत्केरीका लागि शुद्ध कोदोको तीनपाने रक्सीले निको गर्छ। जोर्नी दुखाइमा तीनदेखि पन्ध्र दिनसम्म रक्सीले मालिस गर्दा आराम हुन्छ। उच्चपहाडी र हिमाली भेगमा बस्नेहरूले कोदोको परिकार खानाले चिसोबाट बच्न र रुघाखोकी नलाग्ने अध्ययनबाट पुष्टि भएको छ। कोदोमा उच्च कार्बोहाइडे«ड, भिटामिन र प्रोटिन पाइन्छ। विशेषगरी महिलाहरूमा कामकलाको तौरतरिका नमिल्दा बाँझोपन बढ्ने गर्छ। लोग्ने–स्वास्नीबीच कामकलापछि पाँच मिनेटभित्र स्वास्नीले पिसाब फेरेमा कहिल्यै गर्भ बस्दैन। 

त्यसैले कामकलापछि कम्तीमा आधा घण्टासम्म पिसाबलाई रोकेमा गर्भ बस्छ।

धानबालीमा लाग्ने अटेर्नाकीरा असावधानीवश मानिसले खानाको माध्यमबाट खाएमा केहीदिनमै मर्न सक्छ। यसबाट बच्न निरमसी, अमिलो चुक वा निकै दिन राखेर छिप्पिएको जाँडको छोक्रा खानाले बाँच्न सकिन्छ। आगोले पोलेमा चिसो बरफ वा काँचो शुद्ध तोरीको तेल लगाउनु पर्छ। नेपाल चट्याङको उच्च प्रकोप भएको मुलुक हो। कामीकै अनुसार चट्याङबाट भएको घाउमा शुद्ध कोदोको रक्सी पारेको जाँडको कट हल्का लगाएर मालिस गर्दा निको हुन्छ। कर्नाली–भेरी क्षेत्रमा कामीलगायत रैथाने शिल्पी समुदायका घरको छानामाथि उत्तरपूर्वी कुनामा मान्छेको आकृति खोपेको काठको स्तम्भ, त्रिशूल, डलसिङ वा बज्रढुंगा राखिएको हुन्छ। त्यसैगरी घरको प्रवेशद्वार ढोकामाथि त्रिशूल राख्ने रैथाने आदिवासी ज्ञान कामी जातिले नै थालनी गरेका हुन्।

त्रिशूलले चट्याङ रोक्ने अर्थिङको काम गर्छ भने सेतो ढुंगाले घरपरिवारलाई नकारात्मक वायु वा ऊर्जा हटाउने गर्छ। यसको वैज्ञानिक कारण चाँहि त्रिशूलको त्रिबिन्दुबाट एकत्रित गरी छानो हुँदै जमिनमुनि विद्युतीय ऊर्जा पुर्‍याइदिन्छ। यसरी घरको छानामाथि त्रिशूल, डलसिङ वा बज्रढुंगा राख्ने चलन पश्चिम नेपालबाट पूर्वतिर विस्तार भएको हो। सिउँडीलाई चट्याङ प्रतिरोधी मानिएकाले छानामाथि गमलामा राख्ने चलन छ। यसरी पश्चिमा विज्ञानले चट्याङ रोक्ने अर्थिङको विकास गर्नुअघि नै नेपालका कामी जातिले यसको विकास गरिसकेको प्रमाणित हुन्छ।
याङ्जाकोटकै जडीबुटीमा ज्ञान राख्ने टेकबहादुर दमाईका अनुसार जस्तोसुकै क्षयरोगलाई जंगली कालो बाँदरको रगतले निको पार्छ। एक ग्राम जति रगत सफा सिसीमा केही थोपा कागती मिसाई एक चम्चा पानीसहित राख्नुपर्छ। यसलाई नियमित पन्ध्र दिनसम्म खानुपर्छ। जसरी हिमाली क्षेत्रमा स्वास्थ्य होइन्छ भन्ने विश्वासले जिउँदो चौरीको रगत निकालेर खाने चलन छ। त्यसैगरी बाँदरलाई नमारीकन रगत प्रयोग गर्न सकिन्छ।

अहिले हाम्रो भान्सामा विषादीयुक्त खानपिनले क्यान्सर रोगी बढिरहेका छन्। दमाईकै अनुसार क्यान्सर रोगमा सेतो फूल फुल्ने सिमलको चोपको प्रयोगले निको हुन्छ। यस्तो चोपलाई सफा सिसीमा राखेर बिहान एक चम्चा पन्ध्र दिनदेखि एक महिनासम्म खानाले निको हुन्छ। त्यसैगरी बच्चाको आमाको दूध नफुटेमा वा नआएमा कुरिलोको जरा कुटेर खुवाउँदा दूध फुट्छ।

बागलुङ बजार, बागलुङका झाँक्री यामबहादुर सार्कीको टाउको (आधा) दुखेको फुक्ने मन्त्र यस्तो छ– ‘ॐ ! ब्रह्माकी बेटी, इन्द्रकी साली, केमुनाको डाली, आधा कपाली, आधा पिनासकी, दुहाईकी वाचा, ॐ ! फट ! स्वाहा !’ यस मन्त्रमा उल्लेख भएको केमुना अत्यन्तै बहुपयोगी जडीबुटी हो। जसलाई टाउको र पिनास दुख्दा, रुघाखोकी र नाक बन्द भएको बेला प्रयोग गर्न सकिन्छ। यसलाई सुकाएर मसिनो धुलो वा काँचो पातलाई आगोमा पोलेर धुवाँ सुँघ्दा टाउको दुखाइ निको हुन्छ। सहरबजार र गाउँघरमा यसलाई औषधिको रूपमा धेरैले प्रयोग गरेको पाइन्छ।

बागलुङकै झाँक्री हर्कबहादुर श्रीपालीको वान फुक्ने मन्त्र यस्तो छ– ‘ॐ ! इन्द्रको चलेकी इन्द्र पातालकी, लुहाको खार इन्द्रको जाल छुट्ट्याऊँ, आकाशको बिजुली वान आकाशै फर्काऊँ, पातालको पत्थर वान पत्तालै फर्काऊँ, जुन गुरुले हानु उई गुरुलाई हानि, आङ मुन्तामारी शिला पारी, जाऊँ १–२–३ वाचा ! आकाशबेलीको जरा लरा, बज्रघुङ घाऊ जोरी, फुक्ने झार्ने, इति मन्त्र कि वाचा !’ यस मन्त्रमा पहेंलो रंगको आकाशबेली उल्लेख छ।

आकाशबेलीको उम्रिने जरा र माथि जाने टुप्पो हुँदैन। अरू बोटबिरुवा वा झाडीबुट्ट्यानमाथि लहराएको हुन्छ। पछिल्लो अध्ययनबाट आकाशबेली कपाल झर्ने समस्यामा प्रयोग भएको छ। जस्तोसुकै जन्डिस रोगलाई यसले निको बनाइदिन्छ। चुत्रोको जरा, टिमुर र तितेपाती पेट दुखाइलगायत 

रोगमा प्रयोग गरिन्छ। पैयुँ सर्पको विषनिरोधक मानिन्छ। सिरु, काउलोलगायत जडीबुटी झाँक्री मन्त्र–तन्त्रमा उल्लेख भएको छ।

बागलुङकै झाँक्री सेते सार्कीका अनुसार टाइफाइड ज्वरोमा कुर्कुरे झार, असुराको मुन्टा, धुर्सुल  (निमपात)को पात र पाँचपाते सिमलीमध्ये कुनै एकलाई प्रयोग गर्न सकिन्छ। यसलाई सफागरी कुटेर धुलो बनाई कपडामा छानेर सेवन गर्नाले ज्वरोबाट मुक्त भइन्छ। त्यसैगरी पेट दुखाइमा अम्बा वा बेलौतीको पातलाई सफासँग पखालेर बिहान खाली पेटमा चपाएर खानाले निको हुन्छ। यसलाई एक सातासम्म खानु पर्छ। आँपको (घाम उदाउने-अस्ताउने) तिरको बोक्रालाई ताछेर कुटेर कपडामा छानेर खाँदा पेट निको हुन्छ। चियाकपको एक कप बिहान, बेलुका दुई पटक एक हप्तासम्म खानु पर्छ।

भूतप्रेत र पिशाच फुक्ने मन्त्र यस्तो छ– ‘ॐ, भाङ खान्छ जोगीले, मत खान्छ मतुवा लास लसुनतारी, ब्रम्हाचारी, तल्लो नबारी, रायो सर्सिउँ, उब्जा बारी, फिलिंगो तोरी, काला–काला बाख्राका छाला तरी भष्मरेखी तुलायम्, हाम गुरु नमोः नम, ॐ, फट् ! छु !’

निमोनिया रोगमा हुट्टिट्याउँको फूल र सिउँडीको काँडामा बस्ने माटुरा किरा (रातो) लाई घोटेर खानाले निको हुन्छ। मल्लाज, पर्वतकी झाँक्री बिजुली दमाईका अनुसार निमोनिया रोगका लागि कछुवाको हड्डी घोटेर आमाको दूधसँगै बच्चालाई दिनको तीन पटक खुवाउनु पर्छ। ठूलाले शुद्ध गाई, भैंसीको दूधमा एक चम्चाको दरले दिनको तीन पटक खानु पर्छ। दमको रोगीले सतुवा नामको जडीबुटीलाई राम्रोसँग कुटी छानेर एक चम्चाका दरले दिनमा तीनपटक खाँदा दम ठीक हुँदै जान्छ।

खाना अरुचि, सुगर, प्रेसर रोगमा तिते नामको एक प्रकारको लहरालाई चुसेर खानाले राम्रो गर्छ। अल्छी, आलस्य, यौन दुर्बलतामा धाउ (बिरेनुन जस्तै) मनतातो पानीसँग खानाले लाभ हुन्छ। ग्यास्ट्रिक, अल्सर, रुघाखोकी, गानोगोला र कुपथका लागि गुर्जुगानो उपयोगी मानिन्छ। यसलाई सफासँग धोइ कुटेर कपडा वा जालीमा छानेर दुई चम्चाका दरले दिनको तीनपटक खानु पर्छ। जडीबुटी औषधि सेवनको बेला चिल्लो, पिरो, अमिलो, गुलियो, मासु, मद्यपान, धूममान गर्नु हुँदैन।

रैथाने शिल्पी समुदाय मन्त्र–तन्त्र शक्तिमा उत्तिकै शक्तिशाली एवं वलबान् रहेको थुप्रै तथ्य प्रमाण छन्। उदाहरणका लागि याङ्जाकोटमा कामीझाँक्रीको मन्त्र–तन्त्रको शक्तिले पहिरो रोकिएको साक्ष्यप्रमाण देवीलाला रानाभाट जीवितै छन्। कामीझाँक्रीले सँुगुरले सिमलको बिरुवा रोपेर पूजा गरिएको रूख ५–६ वर्षअघि मात्रै ढलेको छ।

केही शताब्दीअघि बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ मा रहेको केदारीगाड–बबेतगाडको दोभानमा वर्षांैसम्म खापर लागेर नागार्जुन मन्दिरको गाथ तलाउमा गाडिएको थियो। स्थानीयले चुनौती दिएर अपमान गरेकाले बिर्या ढोलीले हुड्को बाजा बजाउँदै मन्त्र–तन्त्र जप्दा तालभित्र हलचल उत्पन्न भई नागार्जुन शिवलिङ फुत्त बाहिर निस्किएको थियो। जुन घटना आजसम्म बैतडीमा चर्चामा छ।

कर्नाली–भेरी क्षेत्रका कामीलगायत शिल्पी झाँक्रीले फलामको डण्डी हातले र दाँतले टोकेर दुई टुक्रा पारेको पंक्तिकारले देखेको छ। यो असत्य जस्तो लाग्ने सत्य कुरा हो। यी समुदायमा विज्ञानलाई समेत चुनौती दिने शक्ति रहेको छ। विश्व ब्रह्माण्डमा प्रकृति पहिलो, दोस्रो मानव र तेस्रो संस्कृति हो। अर्थात् मानवले भौगोलिक परिवेश, अवस्था र आवश्यकताअनुसार ज्ञान, सीपको विकाससँगै संस्कृतिको आधार तयार गर्‍यो। त्यसैलाई मानवशास्त्री–समाजशास्त्रीहरूले भौतिक–अभौतिक र अभिलेखात्मक सांस्कृतिक सम्पदा भनी नामकरण र वर्गीकरण गरिदिए।

नेपालको इतिहास लेखन, विद्वत्वर्ग एवं ज्ञान निर्माणको भाष्य के छ भने कामको आधारमा जात विभाजन भएको भन्ने बुझाइ छ। यो बिलकुलै गलत कुरा हो। कुनै पनि शिल्पकौशल र बाजा निर्माण गर्न हजारौं वर्ष लाग्छ भन्ने तथ्यसहित पंक्तिकारले यसअघि नै यथेष्ट विवेचना गरिसकेको छ। त्यसैले शिल्पकौशल जेठो हो भने जातीय विभेद पछिल्लो हो।

१५औं शताब्दीपछि मात्रै चर्को रूपमा जातीय विभेदको थालनी भएको हो। मानवले संस्कृतिको विकास गर्ने क्रममा आदिमा उपचार विधिको रूपमा मन्त्र–तन्त्र र जडीबुटी उपचारको थालनी गरेका हुन्। यो परम्परा मानव सभ्यताको विकास सँगसँगै सुरुआत भएको पाइन्छ। मानिसको रोगबिमार उपचार कुलपितृ र प्रकृतिपूजासँग सम्बन्धित छ।

प्रा. डा. ग्रेगोरी ग्याब्रियल मस्कारिनेकको सन् १९९८ मा प्रकाशित ‘रात्रिका निर्देश’ (द रुलिङ अफ द नाइट: नेपाली अनुवादक शिलु घिमिरे) पुस्तकका अनुसार धामी चाहिँ जनै लगाउनेदेखि सबै जातका हुन्छन्। तर, झाँक्री चाहिँ धेरैजसो मगर र शिल्पी समुदायका हुन्छन् भन्ने उल्लेख छ।
मस्कारिनेककै पुस्तकमा एउटा मन्त्र यस्तो छ– ‘मगर बारा मगरनी मान, कामी बारा कमेनी मान, सार्की बारा सर्केनी मान, ढोली बारा ढोलेनी मान, गाइन बारा गैनेनी मान, बादी बारा बदेनी मान, हुक्र्या बारा हुर्केनी मान, फुक्र्या बारा फुर्केनी मान, पोर्या बारा पोरर्यानी मान।’ यस मन्त्रबाट सामुदायिक महŒव क्रमले उनीहरूको सामाजिक स्थानलाई स्पष्ट गर्दछ। आजसम्म जातीय विभेदको लुतो कनाउँदै राजनीतिक र सामाजिक संस्थाको उल्झनले उनीहरूसँग भएको आदिवासी ज्ञान ओझेलमा परेको छ।

रैथाने आदिवासी शिल्पी समुदायका झाँक्री मन्त्र–तन्त्र अभौतिक सम्पदा र जडीबुटी उपचारका मूलस्रोत हुन्। उनीहरूको पुख्र्यौली ज्ञानपरम्परामा आधारित झाँक्री लोकजीवनदर्शन र औषधिविज्ञानको रहस्य लुकेको छ। वैज्ञानिक रूपमा प्रमाणीकरण नगरिँदा समाज–जीवनोपयोगी जडीबुटी ज्ञान ओझेलमा परेको छ। यसलाई बचाउने जिम्मा कसको ? सामाजिक विभेदको हिटलरी ग्याँस च्याम्बरमा पलपल मरिरहेका समुदायको प्राज्ञिक ज्ञानसम्पदा संरक्षणमा राज्यले ध्यान दिनै पर्छ (गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा: २०७८)।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.