पिप्ले–भगवति सडक कालोपत्र सुरु

पिप्ले–भगवति सडक कालोपत्र सुरु
म्याग्दीको रघुगंगा –२ भगवतिमा सडक कालोपत्र गर्न प्राइम कोट हालिँदै । तस्बिर सन्तोष गौतम
सुन्नुहोस्

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवति सडक कालोपत्र सुरु भएको छ । गण्डकी प्रदेश सरकारको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजना अन्तर्गत रघुगंगा–२ भगवति देखि वडा नम्बर ३ पिप्ले जोड्ने ५ किलोमिटर सडक कालोपत्र गर्न ‘प्राइम कोट’ बिछ्याउन थालिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इञ्जीनियर सञ्जय सुवेदीले सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर डिबिएसडी प्रबिधिको कालोपत्र गर्न पहिलो चरणमा प्राइम कोट राख्न थालिएको जानकारी दिए । ‘पिप्ले देखि भगवतिको मैदानसम्म ५ किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो’ उनले भने ‘सात मिटर चौडाईमा फस्ट कोट १.२ लिटर प्रति वर्गमिटर र एक लिटर प्रतिवर्गमिटरका दरले सेकेण्ड कोट पिच गर्न लागिएको छ ।’

प्राइम कोट हालेको २४ घण्टापछि बिटुमिन र चिप्स राखेर फस्ट कोडको कालोपत्र गरिन्छ । प्राइम कोट राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाउने काम अन्तिम चरणमा पुगेको छ । 

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक नमुना सडक कार्यक्रम’अन्तर्गत वि.सं. २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स–खड्का कृष्ण जेभीले १८ करोड ४९ लाख ८३८ मा ठेक्का सम्झौता गरेको थियो । 

वि.स. २०७८ जेठ २४ गते सकिनुपर्ने सडक निर्माणमा कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिकलगायतका कारणले ढिलाई भएको एपेक्स–खड्का कृष्णका इञ्जिनियर रामु कडेलले बताए । 

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले धेरै प्रयास गरेर निर्माण व्यवसायीलाई काममा फर्काएर कालोपत्र गर्ने अवस्थासम्म सडक आएको बताए । गलेश्वरदेखि बगैंचा र बगैंचादेखि रघुगंगा माविको भवन अगाडिसम्मको करिब तीन किलोमिटर सडकमा भने यो आयोजनाले काम नगर्ने भएको छ । 

गलेश्वरदेखि बगैचासम्मको सडक पहिरोको जोखिमका कारण काम रोकिएको हो । बगैंचादेखि रघुगंगा माविसम्मको सडक राहुघाट जलविद्युत आयोजनाले कालोपत्रे गर्ने भएको छ । यो सडक स्तरोन्नति भएपछि पिप्ले, भगवति र बेगखोलाका तीन हजार‍भन्दा बढी घरधुरी लाभान्वित हुने बताइएको छ । 

सदरमुकाम बेनी जान–आउन, कृषि उपज निकासी, खाद्यान्न लगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सकिने रघुगंगा–२ भगवतिका वडा अध्यक्ष अमृत भण्डारीले बताए ।  

वि.सं. २०६६ मा यो मार्ग खोलिएको यो सडक सामान्य मर्मत गरेर यातायातका साधन सञ्चालन हुँदै आएको थियो । जिर्ण सडकमा जोखिम र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.