झापामा इलाका प्रहरीको भवन निर्माण

झापामा इलाका प्रहरीको भवन निर्माण

झापा : झापास्थित इलाका प्रहरी कार्यालय कुमरखोद र घैलाडुब्बाको नवनिर्मित दुई वटा कार्यालय भवन आजदेखि सञ्चालनमा आएको छ। 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) राजेशनाथ बास्तोलाले सोमबार छुट्टाछुट्टै कार्यक्रमका बीच दुवै नवनिर्मित प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन्। 

डीआइजी बास्तोलाले शिलालेख अनावरण गरी उद्घाटन गरेसँगै दुवै नयाँ भवन सञ्चालनमा आएको हो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डीआइजी बास्तोलाले नयाँ भवन उपलब्ध भएसँगै कार्यरत प्रहरी कर्मचारीहरूमा थप मनोबल वृद्धि हुनुका साथै आम नागरिकलाई प्रदान गरिने प्रहरी सेवासमेत स्तरीय हुने बताए। 

साथै कानुनको परिधिमा रही जनचाहना बमोजिम प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरूलाई डीआइजी बास्तोलाले निर्देशन समेत दिएका थिए। कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटबाट झापा गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय कुमरखोद र इलाका प्रहरी कार्यालय घैलाडुब्बाको भवन निर्माण भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीले जानकारी दिए। 

दुवै भवनको ठेक्का टक्सार निर्माण सेवा प्रालि काठमाडौंले लिएको थियो। टक्सारले कुमरखोदको ठेक्का २ करोड ३५ लाख ८७ हजार ६ सय २८ रुपैयाँ ८४ पैसामा लिएको थियो, भने घैलाडुब्बाको ठेक्का २ करोड ३३ लाख १३ हजार ६९३ रुपैयाँ ७७ पैसामा लिएको थियो। 

२०७६ जेठ १६ गते कुमरखोदको भवन निर्माणको सम्झौता गरेको टक्सारले भर्खरै आएर निर्माण कार्य सकेको हो। त्यस्तै २०७६ जेठ १६ गते घैलाडुब्बा भवन निर्माणको सम्झौता गरेको टक्सारले सो भवन पनि ढिलै गरी बनाएको बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.