बजार अनुगमनमा म्याद गुज्रिएका खाद्य वस्तु भेटिए
नुवाकोट : गुणस्तरीयतामा जोड दिंदै नुवाकोटको तारकेश्वरमा खाद्यान्न पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएको छ ।
तारकेश्वर गाउँपालिकाको २, ५ र ६ नं. वडाका पसलको अनुगमन गरिएको थियो। सम्बन्धित वडाध्यक्ष तथा गापाका कर्मचारीको नेतृत्वमा अनुगमन गरिएको गापा अध्यक्ष शिव अधिकारी 'अविरल'ले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा म्याद गुज्रिएका र ढुसी परेका अखाद्य पदार्थ बरामद भएको हो। सो वस्तु नष्ट गरिएको छ ।
अध्यक्ष अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कडा कारबाहीको चेतावनी दिएका छन् । पहिलो पटक व्यापारीलाई मापदण्डको पालना गरि सुध्रिन र उपभोक्तालाई सचेत रहन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत सीताराम थापाको भनाइ छ ।
अध्यक्ष अधिकारीले आगामी दिनमा यस्ता पदार्थ भेटिएमा आवश्यक कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्। गाउँपालिकले सबै पसलको अनुगमन गर्ने कार्य निरन्तर गरिरहेको बताए।
प्रतिक्रिया दिनुहोस !