अपहरण,बलात्कारका दोषीलाई तीन वर्ष कैद

अपहरण,बलात्कारका दोषीलाई तीन वर्ष कैद
सुन्नुहोस्

राजविराज : अपहरण,बलात्कार मुद्दाबाट पटक–पटक उम्किदै आएका राजविराज नगरपालिका–२ का ३६ वर्षीय नविनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ईङ्गनामको इजलासले अभियुक्तलाई तीन वर्ष कैदका साथै ३० हजार रुपैयाँ जरिवाना तोकेको हो।

अभियुक्त देवले ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र एक हजार दुई सय रुपैयाँ फौजदारी कसूर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको स्रेस्तेदार कुमार मास्केले जानकारी दिए।  १५ वर्षीया दुई बालिकालाई २०७९ असार ११ गते अपहरण गरी शरीर बन्धक बनाएको देवमाथि आरोप थियो। 

राजविराज नगरपालिका–८ बाट ललाइफकाई प्रलोभन देखाइ अपहरण गरी बन्धक बनाइ राखेको अवस्थामा पीडितहरू भागेका थिए। पछि  घटनाबारे परिवारका सदस्यलाई जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

सप्तरीमा ढिलो गरी उजुरी दर्ता हुँदा देव अभद्र व्यवहार कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परिसकेका थिए । मोरङमा पक्राउ परेका देवलाई साउन १३ गते सप्तरी ल्याएर अनुसन्धान थालिएको थियो । जिल्ला अदालतमा अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशले देव भदौ ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

यसअघि देव राजविराज नगरपालिका–२ की १४ वर्षीया बालिकाको अपहरण घटनामा पक्राउ परेका थिए । बालिकाका आमाबुवा औषधोपचारका लागि घरबाहिर निक्लिएको मौका छोपी छलकपट गरी झुक्यानमा पारी ०७८ जेठ २० गते देवले अपहरण गरी लैजाने क्रममा राजविराजदेखि नौ किलोमिटर दक्षिण रूपनी बजार नजिक पक्राउ परेका थिए । 

विदेशबाट आएको बुवाको साथी भन्दै आरोपितले बालिकालाई झुक्याई आफ्नो नयाँ घरबासको भोजको निम्तो मान्नका लागि घर हेरेर फर्किनु भनेर लगेका थिए ।  बालिकालाई मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा पक्राउ परेका देव ०७८ असार १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका थिए । 

उक्त घटनामा पीडित पक्ष नै प्रलोभनमा परी होस्टाइल भएपछि देवले सफाइ पाएको प्रहरीले जनायो । प्रहरीका अनुसार यसअघि बलात्कार, यौन दुव्र्यवहार, ठगी, अपहरणको मुद्दा चले पनि देवले डर, धाक, धम्की, त्रास र प्रलोभनमा पारी सफाइ पाउँदै आएका थिए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.