न्वारानमा भोज खान गएका एकै गाउँका २९ जना बिरामी

न्वारानमा भोज खान गएका एकै गाउँका २९ जना बिरामी
सुन्नुहोस्

झापा : झापाको मेचीनगरमा ‘फुड पोइजन’ भएर एउटै गाउँका २९ जना बिरामी परेका छन्।
  
मेचीनगर नगरपालिका-९ स्थित माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका छरछिमेकका स्थानीयहरूलाई 'फुड पोइजन' बिरामी परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

श्रेष्ठको घरमा दुई दिनअघि न्वारान लगाइएको थियो। 'फुड पोइजन' भएकाहरूलाई वाकवकी लाग्ने, रिंगटा चल्ने, बान्ता हुने, ज्वरो आउने, पखाला चल्नेजस्ता स्वास्थ्य समस्या देखिएपछि धुलाबारीस्थित आम्दा मेची अस्पताल भर्ना भएको मेचीनगर ९ नम्बर वडा अध्यक्ष कञ्चनकुमार तामाङले जानकारी दिए।
 
न्वारानमा उनीहरूले स्याल रोटी, चना, दाल, अचारलगायतका खानेकुरा खाएका थिए। भान्सेले खाना पकाउने क्रममा अखाद्य वस्तु मिसावट गर्दा भोजमा गएकाहरूलाई फुड पोइजन देखिएको अस्पतालका चिकित्सकले जानकारी गराएको बताउँदै डीएसपी रिजालले भने, 'कुन खानेकुरामा अखाद्य वस्तु मिसावट भयो त्यस बारेमा थप अनुसन्धानका इलाका प्रहरी कार्यालय धुलाबारीका टोलीलाई खटाएका छौं।'
 
यता उपचाररत २९ जनामध्ये ९ जना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने २० जनाको उपचार भइरहेको छ। २० जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.