प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवाल जवाफ जारी
काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्णमाथि संसदीय सुनुवाइ समितिमा सवाल जवाफ जारी छ। कार्कीलाई समिति सदस्यहरूले प्रश्न गरिरहेका छन्।
प्रश्न सोध्ने क्रम सकिएपछि कार्कीले जवाफ दिनेछन्। संसदीय सुनुवाइ समितिले कार्कीको नाम अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्त हुनेछन्।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।
यसअघि बिहीबारको सुनुवाइ समिति बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। त्यसअघि बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेको थियो।
कामु प्रधानन्यायाधीश समेत रहेका कार्कीलाई गत वैशाख १५ गते संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
उनीविरुद्ध ३० बढि उजुरी परेको थियो।
प्रतिक्रिया दिनुहोस !