फरक क्षमता भएकाहरुलाई मौरीसहितको घार वितरण
नुवाकोट : नुवाकोटको तादी गाउँपालिकाले फरक क्षमता भएकाहरूलाई मौरीसहितको घार वितरण गरेको छ।
गाउँपालिकाले फरक क्षमता (अपांगता भएका) व्यक्तिहरूका लागि समुदायमा पुनर्स्थापना कार्यक्रम अन्तर्गत मौरीसहितको घार प्रदान गरिएको छ।
१८ जना फरक क्षमता भएकाहरूलाई प्रशिक्षणपश्चात एक/एक थान मौरीसहितको घार प्रदान गरिएको हो ।
यसले ६ वटै वडामा रहेका रातो र नीलो कार्ड प्राप्त गरेका अपांगता भएकाहरूलाई आयआर्जनमा मद्दत पुगेको छ।
प्रतिक्रिया दिनुहोस !