यस्तो छ कर्णालीको ३३ अर्ब ३७ करोडको बजेट (पूर्णपाठ)
दैलेख : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट ल्याएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले शुक्रबारको प्रदेशसभा बैठकमा बजेट सार्वजनिक गरेका हुन्।
मन्त्री सिंहले कुल विनियोजनमध्ये चालूतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७, पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८.६५ प्रतिशत विनियोजन गरिएको बताए। स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४.३८ प्रतिशत बजेट विनियोजन गरिएको मन्त्री सिंहले बताए।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ८३ करोड ६२ लाख १२ हजार, चालु आर्थिक वर्षको खर्च नभई बचत हुने अनुमानित सात अर्ब, ४१ करोड, ६ लाख, पाँच हजार, संघीय सरकारबाट राजश्व बाँडफाँडबापत प्राप्त हुने ८ अर्ब ८४ करोड ३ लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुने १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख परिचालन गरिने मन्त्री सिंहले बताए।
मन्त्री सिंहका अनुसार संघीय सरकारबाट प्राप्त हुने समपुरक अनुदानतर्फ ७६ करोड १६ लाख, विशेष अनुदानतर्फ ५९ करोड ७९ लाख परिचालन गरिनेछ।
संघीय सरकारबाट सशर्त अनुदानमा प्राप्त हुने वैदेशिक सहायताबाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि १ करोड ८६ लाख ९० हजार परिचालन गरिने मन्त्री सिंहले बताए।