बलान बिहुल र बजाज खडक वारियर्स विजयी

बलान बिहुल र बजाज खडक वारियर्स विजयी

राजविराज : राजविराजमा जारी सप्तरी प्रिमियर लिगको दोस्रो दिनको खेलमा बलान बिहुल सुपर किंग्स र बजाज खडक वारियर्सले विजयी सुरुवात गरेको छ। 

पहिलो खेलमा बलान बिहुल सुपर किंग्सले रुपनी राइडर्सलाई ८ विकेटले पराजित गर्‍यो। दोश्रो खेलमा बजाज खडक वारियर्सले छिन्नमस्ता लायन्सलाई ३ विकेटले पराजित गर्‍यो।

पहिलो खेलमा रुपनीले दिएको १२८ रनको लक्ष्य बलान बिहुलले १६.३ ओभरमा २ विकेट मात्र गुमाएर भेटायो। बलान बिहुलको ब्याटिंगमा ओपनर हसिम अन्सारीले ३१ बलमा ४ छक्कासहित सर्वाधिक ४४ रन बनाए। अर्का ओपनर बिशाल यादवले ३६ रन बनाउदा कप्तान पवन सर्राफले अविजित ३० तथा बसिर अहमदले अविजित १६ रन बनाए। 

वर्षाले मैदानमा पानी जमेका कारण ढिला सुरु भएपछि १७ ओभरमा खेललाई छोट्याइएको थियो। रुपनीले खेलमा टस जितेर ब्याटिंग रोज्दै ८ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। उसको लागि अरनिको यादवले सर्वाधिक ४२ रन तथा भोला साहले ३० रन योगदान दिए। बलान बिहुलको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित बसिर अहमद र रुपेश सिंहले ३/३ तथा श्रवण यादव र रोबिन सिंहले १/१ विकेट लिए। 

दोश्रो खेलमा छिन्नमस्ताले दिएको १२४ रनको लक्ष्य खडक वारियर्सले ७ विकेट गुमाएर १६.५ ओभरमा भेटायो। खडक वारियर्सको लागि सन्दिप रजालीले १८ बलमा ६ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ४० रन बनाए। कप्तान बिबेक यादवले २३, साहिल पटेल र विशाल सुश्लिंगले समान १६ रन बनाए। छिन्नमस्ताका बलर कमल खत्री र नितेश यादवले २/२ विकेट लिए। 

यसअघि टस जितेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ९ विकेट क्षतीमा १२३ रन बनाएको थियो। छिन्नमस्ताका लागि ओपनर इमरान शेखले सर्वाधिक ३६ रन, हिमांशु दत्तले १८ रन तथा कप्तान शरद भेसावकरले १० रन योगदान दिए। 

खडक वारियर्सका फास्ट बलर दिनेश अधिकारी एक्लैले ५ विकेट लिए। प्लेयर अफ द म्याच घोषित अधिकारीले ४ ओभरमा २७ रन खर्चिए। अनिल खरेल र अनिल यादवले १/१ विकेट लिए। 

सप्तरी प्रिमियर लिगको पाँचौ सिजन अन्तर्गत तेस्रो दिन सोमबार पनि दुई वटा खेल हुने आयोजकले जनाएको छ। पहिलो खेल छिन्नमस्ता लायन्स र राजविराज द किंग तथा दोश्रो खेल कन्चनरुप राइनोज र बलान बिहुल सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।  सप्तरी प्रिमियर लिगमा सप्तरीका ६ वटा फ्रेन्चाइज टिमको सहभागिता छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.