गर्भवतीलाई पोषण सामग्री
नुवाकोट : नुवाकोटको तादी गाउँपालिकाले गर्भवतीलाई पोषण सामग्री हस्तान्तरण गरेको छ।
उपाध्यक्षसँग गर्भवती कार्यक्रम अन्तर्गत पोषणयुक्त खानेकुरा तथा साथै न्यानो कपडा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत तादी गाउँपालिका ३ मा २८ र ६ मा १४ गरी ४२ जना गर्भवतीलाई कपडाका साथै पोषणयुक्त खानेकुरा वितरण गरिएको उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले बताइन्।
प्रतिक्रिया दिनुहोस !