सप्तरी प्रिमियर लिग : छिन्नमस्ता र कञ्चनरुप विजयी

सप्तरी प्रिमियर लिग : छिन्नमस्ता र कञ्चनरुप विजयी
सुन्नुहोस्

राजविराज : राजविराजमा जारी सप्तरी प्रिमियर लिगको तेस्रो दिन सम्पन्न दुई खेलमा शरद भेसावकर कप्तानीको छिन्नमस्ता लायन्स र अविनाश कर्ण कप्तानीको कञ्चनरुप राइनोज विजयी भएका छन्। दुवै टिमको यो पहिलो जित हो। 

पहिलो खेलमा छिन्नमस्ता लायन्सले राजविराज द किंगलाई ३६ रनले पराजित गरेको आयोजक सप्तरी क्रिकेट संघले जनाएको छ। छिन्नमस्ताले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा राजविराज द किंगले १९ ओभरमा सबै विकेट गुमाएर १२२ रनमा सीमित हुन पुग्यो। जसमा अभिषेक कार्कीले सर्वाधिक ४१ रन बनाए। बिक्रम सोबले २८ तथा तृतराज दासले १८ रन बनाए।

टस हारेर ब्याटिङ गरेको छिन्नमस्ताले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतीमा १५८ रन बनाएको थियो। छिन्नमस्ताको लागि राहुल मण्डलले सर्वाधिक ५० रन बनाए। प्लेयर अफ द म्याच घोषित मण्डलले ४० बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै शुभ कंसाकारले १९ बलमा ३२ रन बनाए। हिमांशु दत्ता र पप्पु यादवले समान १६ रन बनाए। कप्तान शरद भेसावकरले ११ रन बनाए।

राजविराजको तर्फबाट बलिंगमा अभिषेक कार्की, तृतराज दास र सन्तोष कार्कीले २÷२ तथा बिक्रम सोबले १ विकेट लिए। 

दोश्रो खेलमा कञ्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ। बलान बिहुलले दिएको १३८ रनको झिनो लक्ष्य कञ्चनरुपले १५ ओभरमा ३ विकेटकै क्षतीमा भेटायो। 

कञ्चनरुपका लागि अमित यादवले सर्वाधिक ६७ रन बनाए। यादवले ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। सुमित श्रेष्ठले अविजित २७, राकेश कामतले २३ तथा अविनाश कर्णले २१ रन बनाए। चौंथो विकेटका लागि अमित र सुमितले अविजित ६७ रनको साझेदारी गरे। बसिर अहमदले २ तथा रोबिन सिंहले १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग रोजेको बलान बिहुल सुपर किंग्सले १७.१ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनाएको थियो। जसमा पवन सर्राफले सर्वाधिक ५० रन बनाए। उनले २७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। 

बसिर अहमदले २० तथा हसिम अन्सारीले १३ रन बनाए। कन्चनरुपको बलिंगमा राशिद खान, चित्र बिस्ट, पप्पु यादव र सुमित श्रेष्ठले २/२ विकेट लिए। 

प्रतियोगिता अन्तर्गत बुधबार राजविराज द किंग र बजाज खडक वारियर्स तथा कञ्चनरुप राइनोज र रुपनी राइडर्सबीच प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.