रास्वपाको स्थापना दिवसको अवसरमा रक्तदान
नुवाकोट : नुवाकोटको बट्टारमा मंगलबार रक्तदान गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको सो दलले जनाएको छ ।
विदुर नपा ४ बट्टार हावाघरमा भएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट जिल्ला समितिले जनाएको छ । सो दलका सभापति रामेश्वर गजुरेलका अनुसार रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको हो ।
रास्वपाले पार्टी स्थापना दिवसमा वृक्षरोपण, वडा भेला, विद्यालय, अस्पतालमा सरसफाई, रक्तदानसहित विविध कार्यक्रम गरेको थियो।
प्रतिक्रिया दिनुहोस !