सप्तरी प्रिमियर लिग : रुपनी राइडर्स विजयी

सप्तरी प्रिमियर लिग : रुपनी राइडर्स विजयी
रुपनी राइडर्सका ब्याट्सम्यान रोहन बिक ।
सुन्नुहोस्

राजविराज : सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगमा रुपनी राइडर्सले रोमाञ्चक जित हासिल गरेको छ। बुधबार भएको  खेलमा रुपनी राइडर्सले कन्चनरुप राइनोजलाई ७ विकेटले पराजित गरेको हो। कन्चनरुपले दिएको १३८ रनको लक्ष्य रुपनी राइडर्सले १३.४ ओभरमै पूरा गर्‍यो। 

रुपनी राइडर्सको ब्याटिंगमा रोहन बिकले सर्वाधिक ५५ रन बनाए। अविजित रहेका उनले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। रोहन प्लेयर अफ द म्याच समेत चुनिए। 

यस्तै भोला साहले ३७ बलमा ७ चौका र १ छक्काको मद्दतले ४५ रन तथा अरनिको यादवले १४ बलमा १ चौका र ४ छक्काको मद्दतले अविजित ३६ रन बनाए। रोहन र भोलाले तेश्रो विकेटको लागि ९२ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। कन्चनरुपका बलर राशिद खानले ३ विकेट लिए।

यसअघि टस हारेर ब्याटिंग गरेको कञ्चनरुप राइनोजले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो। उसको लागि नारायण जोशीले मात्र १५ बलमा ४२ रन बनाए। जोशीले २ चौका र ५ छक्का प्रहार गरे। अमित यादवले ३० तथा दिलिप नाथले २२ रन बनाए। रुपनी राइडर्सका जितेन्द्र मुखिया, अशोक मेहता र फिर्दोश अन्सारीले २/२ तथा मुकुन्द यादवले १ विकेट लिए। 

बुधबारको जितपछि बजाज खडक वारियर्स दुवै खेलमा जितको साथ ४ अंकसहित अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ। ३ खेलमा २ जित र १ हार बेहोरेको रुपनी राइडर्स समान ४ अंक रहेता पनि नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा छ। कञ्चनरुप राइनोज, छिन्नमस्ता लायन र बलान बिहुल सुपर किंग्स समान २ अंक रहेता पनि नेट रन रेटको आधारमा क्रमशः तेश्रो, चौंथो र पाँचौ स्थानमा छ। तिन वटै खेलमा पराजित राजविराज द किंग छैठौं स्थानमा छ। 

प्रतियोगिता अन्तर्गत पाँचौ दिन बिहीबारको पहिलो खेल बलान बिहुल सुपर किंग्स र बजाज खडक वारियर्स तथा दोश्रो खेल छिन्नमस्ता लायन्स र कञ्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने आयोजक सप्तरी क्रिकेट संघले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.