खडक वारियर्सको लगातार तेस्रो जित

खडक वारियर्सको लगातार तेस्रो जित
सुन्नुहोस्

राजविराज : सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिन बिहीबार सम्पन्न पहिलो खेलमा बजाज खडक वारियर्सले बलान बिहुल सुपर किंग्सलाई १ विकेटले पराजित गरेको छ। खडक वारियर्सले खेलेको तीन खेलमा यो लगातार तेस्रो जित हो। 

पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा बलान बिहुलले दिएको १४४ रनको लक्ष्य खडक वारियर्सले २ बल बाँकी छँदा ९ विकेट गुमाएर पुरा गर्‍यो। 

बजाज खडक वारियर्सको तर्फबाट तेस्रो नम्बरमा ब्याटिंग गरेका सन्दिप रजालीले सर्वाधिक ८१ रन बनाए। प्लेयर अफ द म्याच घोषित उनले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। साहिल पटेल र अनिल यादवले समान १२ रन बनाए। दशौँ विकेटका लागि अनिल यादव र गोमानन्द अमात्य बीच २१ रनको अविजित साझेदारी हुँदा बलान बिहुल जितबाट बन्चित रह्यो। 

बलान बिहुलको बलिंगमा रोबिन सिंहले ३ तथा रुपेश सिंह र बसिर अहमदले २÷२ विकेट लिएता पनि जित्न पर्याप्त रहेन। 

यसअघि टस हारेर ब्याटिंग गरेको बलान बिहुलले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४३ रन बनाएको थियो। जसमा विशाल यादवले २४, कप्तान पवन सर्राफले २२, रोबिन सिंहले १५ तथा हसिम अन्सारीले १४ रन बनाए। खडक वारियर्सका बलर बिबेक यादवले ३ तथा अनिल खरेल र गोमानन्द अमात्यले १/१ विकेट लिए। 

तीनवटै खेलमा लगातार जितपछि बजाज खडक वारियर्स ६ अंकसहित अंक तालिकाको शिर्षस्थानमा कायम छ। तेस्रो खेलमा दोस्रो हार पछि २ अंक रहेको बलान बिहुल पाँचौ स्थानमा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.