सप्तरी प्रिमियर लिग : छिन्नमस्ता लायन्स विजयी

सप्तरी प्रिमियर लिग : छिन्नमस्ता लायन्स विजयी

राजविराज : राजविराजमा जारी सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिन बिहीबार सम्पन्न दोस्रो खेलमा शरद भेसवाकर नेतृत्वको छिन्नमस्ता लायन्स विजयी भएको छ।

छिन्नमस्ता लायन्सले कञ्चनरुप राइनोजलाई २५ रनले पराजित गरेको हो। छिन्नमस्ताले दिएको १४४ रनको लक्ष्य पछ्याएको कञ्चनरुपले १८.४ ओभरमा ११८ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो। कञ्चनरुपका लागि अमित यादवले ३९ तथा पप्पु यादवले २६ रन बनाए। 

छिन्नमस्ताका बलर इमरान शेखले ४ विकेट तथा कमल खत्रीले ३ विकेट लिए। प्लेयर अफ द म्याच घोषित शेखले ४ ओभरमा २१ रन खर्चिए। पप्पु यादव, शरद भेसवाकर र रेवती रोयले १/१ विकेट लिए। 

यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १४३ रन बनायो। जसमा शुभ कंसाकार र हिमांशु दत्ताले समान ३५ रनको योगदान दिए। पप्पु यादवले १७ तथा राहुल मण्डलले १५ रन बनाए। कञ्चनरुप राइनोजका बलर पप्पु यादवले ३ तथा राशिद खानले २ विकेट लिए। 

तीन वटै खेलमा लगातार जित हासिल गरेको बजाज खडक वारियर्स ६ अंकसहित अंकतालिकाको शिर्षस्थानमा छ। यस्तै ३ खेलमा दोस्रो जित पछि छिन्नमस्ता ४ अंक सहित दोस्रो स्थानमा छ। 

समान नतिजा र अंकसहित रुपनी राइडर्स नेट रन रेटको आधारमा तेस्रो स्थानमा छ। तेस्रो खेल खेल्दा दोस्रो हारपछि कञ्चनरुप २ अंकसहित चौथो र समान नतिजा र अंक रहेको बलान बिहुल पाँचौ स्थानमा छ। सबै तीन खेलमा हार बेहोरेको राजविराज द किंगले कुनै अंक बटुल्न नसकी पुछारमा छ। 

प्रतियोगिता अन्तर्गत शुक्रबार छिन्नमस्ता लायन्स र रुपनी राइडर्स तथा बलान बिहुल सुपर किंग्स र राजविराज द किंगबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.