सप्तरी प्रिमियर लिग : रुपनी राइडर्सको तेस्रो जित

सप्तरी प्रिमियर लिग : रुपनी राइडर्सको तेस्रो जित
सुन्नुहोस्

राजविराज : सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न पहिलो खेलमा रुपनी राइडर्स विजयी भएको छ। 

छिन्नमस्ता लायन्स विरुद्ध ५ विकेटको जित दर्ता गर्ने क्रममा रुपनीले १७७ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेटको क्षतीमा भेटायो। 
रुपनीको ब्याटिंगमा प्लेयर अफ द म्याच घोषित रोहन बिकले ८२ रन बनाए। उनले ५२ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। 

यस्तै अरनिको यादवले २७, मुकुन्द यादवले २५ तथा विकास दासले २३ रन बनाए। रोहन र विकासले ९२ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे। 

यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १७६ रन बनाएको थियो। छिन्नमस्ता लायन्सका लागि ओपनर शुभ कंसाकारले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा ११८ रनको योगदान दिए। 

कंसाकारले ५७ बलमा ८ चौका र ९ छक्का प्रहार गर्दै खेलकै सर्वाधिक ११८ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन्। रुपनीका बलर मुकुन्द यादवले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिए।

चौंथो खेलमा तेश्रो जित पछि रुपनी राइडर्स अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। समान अंक भएता पनि बजाज खडक वारियर्स नेट रन रेटका आधारमा पहिलो स्थानमा छ। हार पछि छिन्नमस्ता ४ खेलमा ४ अंकका साथ तेश्रो स्थानमा छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.