वैवाहिक बलत्कार गर्ने श्रीमानलाई एक महिना कैद

वैवाहिक बलत्कार गर्ने श्रीमानलाई एक महिना कैद

राजविराज : सप्तरीकी एक ३२ वर्षीया महिलाले वैवाहिक बलात्कारको कसूरमा ३९ वर्षीय पतिलाई शुक्रबार एक महिना कैद सजाय गराएकी छिन्। 

आठ महिनादेखि सप्तरी जिल्ला अदालतमा चलिरहेको वैवाहिक बलात्कारको मुद्दामा आरोपितलाई जिल्ला न्यायाधीश माधवप्रसाद सुबेदीको इजलाशले एक महिना कैद सजायको फैसला सुनाएका हुन्। 

समाजको भय र आफ्नो भविष्य सोचेर कैयौं महिला श्रीमानको यौन यातना सहेर बस्छन्। केहीले मात्र न्यायका लागि प्रहरी र अदालत जाने साहस गरेको भेटिन्छ। तीनै मध्येकी एक जना महिलाले श्रीमानलाई आज कैद सजाय दिलाएकी हुन्। 

उनले श्रीमानबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति पाउने भएकी छिन्। फौजदारी कसूर पीडित राहत कोषमा समेत श्रीमानले २ सय रुपियाँ जम्मा गर्नुपर्ने समेत भएको स्रेस्तेदार कुमार मास्केले बताए। 

श्रीमानले गत असोज २० गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन्। चार दिनपछि पक्राउ परेका आरोपित जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीको इजलाशबाट गत कात्तिक १७ गते धरौटीमा रिहा भए। अदालतको फैसलाअनुसार औषधी पसले तथा हेल्थ असिस्टेन्ट आरोपितले अझै एक साता कारागारमा थुनामा बिताउनु पर्नेछ।

सप्तरी जिल्ला अदालतबाट यसअघि माघ २९ गते २२ वर्षीय युवकलाई वैवाहिक बलात्कारको कसूरमा एक महिना कैद सजाय भएको थियो। जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले कैद सजायका साथै ३० हजार रुपियाँ क्षतिपूर्ति भराउन र फौजदारी कसूर पीडित राहत कोषमा २ सय रुपियाँ जम्मा गर्न फैसला सुनाएको थियो।

साउन २१ गते पक्राउ परेका आरोपित जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलाशबाट भदौ १६ गते ३० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए। उनले अझै पाँच दिन कारगारमा कैद सजाय भोग्नु पर्ने छ।

सप्तरीमा सबैभन्दा पहिले वैवाहिक बलात्कारको आरोपमा ३० वर्षीय युवक ०६९ चैत १२ गते पक्राउ परेका थिए। वैवाहिक बलात्कारको आरोपमा २५ दिन थुनामा रहेर २५ हजार रुपियाँ धरौटीमा रिहा भएका आरोपितले फैसला हुँदा भने सफाइ पाए। 

श्रीमानले दोस्रो विवाह गरेको रिसमा उनले वैवाहिक बलात्कारको मुद्दा लगाएकी थिइन्। बहुविवाहको आरोपमा भने उनका श्रीमानले एक वर्ष कैद सजाय पाए। कैद सजायपछि फरार रहेका आरोपित सात वर्षपछि पक्राउ परेर कैद सजाय पछि रिहा भए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.