कञ्चनरूपको जितसँगै राजविराज सप्तरी प्रिमियर लिगबाट बाहिर

कञ्चनरूपको जितसँगै राजविराज सप्तरी प्रिमियर लिगबाट बाहिर
सुन्नुहोस्

राजविराज : राजविराजमा जारी सप्तरी प्रिमियर लिग अन्तर्गत सातौँ दिन शनिबार सम्पन्न पहिलो खेलमा नारायण जोशी र दिलिप नाथको जोडी चम्किदा कञ्चनरूप राइनोजले सहजै जित हासिल गरेको छ।

कञ्चनरूप राइनोजले ६.३ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गरेर जित हासिल गरेको हो। राजविराज द किंगले दिएको ८६ रनको लक्ष्य पुरा गरेर ९ विकेटले जित हासिल गरेको कञ्चनरूपले फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ।

कञ्चनरूपको जितमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नारायण जोशीले आक्रामक अर्धशतक बनाए। जोशीले मात्र १८ बलमा १ चौका र ७ छक्काको मद्दतले ५० रन बनाए। यस्तै दिलिप नाथले अविजित २४ तथा राकेश कामतले १४ रन बनाए। दोस्रो विकेटका लागि नारायण र दिलिपले ७५ रनको साझेदारी गरे। 

टस हारेर ब्याटिङ गरेको राजविराज द किंगले निर्धारित ११ ओभरमा ८ विकेट क्षतिमा ८५ रन बनायो। वर्षाका कारण खेल ढिला सुरु भएपछि ओभर घटाएर खेलाइएको थियो। 

राजविराजको ब्याटिङमा ओपनर सन्तोष कार्कीले सर्वाधिक ३० रन बनाए भने प्रतिक श्रेष्ठले १८ तथा अभिषेक कार्कीले अविजित १५ रन बनाए। प्लेयर अफ द म्याच घोषित कञ्चनरूपका तीव्र गतिका बलर राशिद खानले ४ विकेट लिए। उनले ३ ओभर बलिंग गर्दै १० रन मात्र खर्चिए। सुमित श्रेष्ठले २ तथा चित्र बिष्टले १ विकेट लिए। 

चौंथो खेल खेल्दा दोस्रो जित दर्ता गरेको कञ्चनरूप राइनोज ४ अंकसहित तेस्रो स्थानमा उक्लेको छ। अन्तिम तथा पाँचौ खेलमा समेत लगातार हारसँगै डिफेन्डिङ च्याम्पियन राजविराज द किंग प्रतियोगिताबाट बाहिर भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.