सप्तरी प्रिमियर लिग : चौथो जितसँगै खडक वारियर्स फाइनलमा

सप्तरी प्रिमियर लिग : चौथो जितसँगै खडक वारियर्स फाइनलमा

राजविराज : सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिग प्रतियोगितमा लगातार चौथो जितपछि बजाज खडक वारियर्स फाइनल प्रवेश गरेको छ।

शनिबार सातौँ दिन सम्पन्न दोस्रो खेलमा समेत लगातार विजयी भएको बजाज खडक वारियर्सले एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको हो। 

विशाल सुश्लिंगको अलराउण्ड प्रदर्शनमा बजाज खडक वारियर्सले रुपनी राइडर्सलाई ६७ रनले पराजित गरेको छ। वारियर्सले दिएको १७४ रनको लक्ष्य पछ्याएको रुपनीले १६.३ ओभरमा १०६ रन बनाउदा सबै विकेट गुमाउन पुग्यो। 

टस हारेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। खडक वारियर्सको लागि प्लेयर अफ द म्याच घोषित बिशाल सुश्लिंगले सर्वाधिक ६६ रन बनाए। उनले ३१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। निरज यादवले ४१ तथा सन्दिप रजालीले ३० रन बनाए। पाँचौ विकेटको लागि बिशाल र निरजले १०९ रनको साझेदारी गरेका थिए। रुपनीको बलिङमा जितेन्द्र मुखियाले २ तथा फिर्दोश अन्सारी, अनिल शाह, अरनिको यादव र अशोक मेहताले १/१ विकेट लिए।  

रुपनीको ब्याटिङमा अरनिको यादवले २८ बलमा ४० रन बनाएता पनि जित्न पर्याप्त रहेन। वारियर्सको बलिङमा अनिल यादव र कप्तान विवेक यादवले समान ३ विकेट तथा दिनेश अधिकारी र बिशाल सुश्लिंगले २/२ विकेट लिए। 

लगातार चौथो जित पछि एक खेल खेल्नु अगावै फाइनलमा स्थान पक्का गरेको बजाज खडक वारियर्सको ८ अंक छ। हार पछि रुपनी राइडर्स सबै ५ खेल खेल्दा ३ जित र २ हार बेहोर्दै दोस्रो स्थानमा छ। शिर्ष–२ मा रहँदै फाइनल पुग्न रुपनीले अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ। 

चौथो खेल खेल्दा दोस्रो जित दर्ता गरेको कञ्चनरुप राइनोज ४ अंक सहित तेस्रो स्थानमा उक्लेको छ। बलान बिहुल सुपर किंग्स र छिन्नमस्ता लायन्स १/१ खेल खेल्न बाँकी हुँदा समान ४ अंक सहित चौथो र पाँचौ स्थानमा छ। अन्तिम तथा पाँचौ खेलमा हारसँगै डिफेन्डिङ च्याम्पियन राजविराज द किंग प्रतियोगिताबाट बाहिर भएको छ। 

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत आइतबार लिग चरणको अन्तिम २ खेल हुनेछन्। पहिलो खेल बलान बिहुल सुपर किंग्स र छिन्नमस्ता लायन्स तथा दोस्रो खेल कञ्चनरुप राइनोज र बजाज खडक वारियर्सबीच प्रतिस्पर्धा हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.