जाजरकोटको कुशेमा स्थानीय पाठ्यक्रम

जाजरकोट : जाजरकोटको कुशे गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले गरेको व्यवस्था अनुसार गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको हो।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजकत्वमा निर्माण गरिएको स्थानीय पाठ्यक्रममा कुशे गाउँपालिकाको संस्कृति, सम्पदा, पेशा, व्यवसाय र प्रविधि जस्ता परिचय, जीवनोपयोगी सीप, वातावरण, सामाजिक चुनौती, विपद् व्यवस्थापन र खुशीका लागि शिक्षा जस्ता विषयलाई पाठ्यक्रममा समावेश गरिएको शाखा प्रमुख जनक बहादुर शाहले जानकारी दिएका छन्।
१ देखि ८ कक्षासम्मका लागि निर्माण गरिएको स्थानीय पाठ्यक्रमलाई गाउँपालिकाका सबै विद्यालयमा वितरण गरी पठनपाठन सुरु गरिएको प्रमुख शाहले बताए।
प्रतिक्रिया दिनुहोस !
